तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

निर्यात बढाउने चीनको इच्छाः राष्ट्राध्यक्ष सी

2018-04-10 12:34:28 CRI

व्यापारिक नाफा कमाउने उद्देश्यबिना चीनले निर्यात बढाउने सदिच्छापूर्ण आशा लिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आयोजना भइरहेको पोआउ एशिया मञ्चमा बोल्दै उक्त कुरा भन्नुभएको हो।

चालू वर्षमा चीनले गाडी निर्यात भन्सारलाई केही मात्रासम्म घटाउनुका साथै अन्य केही उत्पादित वस्तुको भन्सार करलाई पनि कम पार्ने र साथै चीनले सर्वसाधारणको माग प्रधान विशेषतायुक्त र गुणस्तरीय उत्पादित वस्तुको निर्यातलाई बढाउने पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। त्यसै गरी विश्व व्यापार संगठनको 'सरकारी खरिद सन्धि' प्रवेश प्रक्रियालाई छिटो अघि बढाउने पनि आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ।

साथै राष्ट्राध्यक्ष सीले बाधा पुर्याउने गतिविधिलाई खारेज गर्दै चीनका लागि निर्यात उच्च प्राविधिक उत्पादित वस्तुमा लगाइएको नियन्त्रणलाई लचिलो पार्न विकसित मुलुकलाई आग्रह गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान