तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा नेपालकी नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश

2018-03-14 20:38:38

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मार्च चौध तारिख नेपालकी नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउनु भएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल घनिष्ठ छिमेकी मुलुक रहेको उल्लेख गर्दै नेपाली जनताले स्वतन्त्र रुपमा सामाजिक व्यवस्था र विकासको बाटो छान्न कुरालाई चीनले सधैं नै सम्मान गरेको र समर्थन गरेको उल्लेख गर्नु भएको छ। राष्ट्रतपि भण्डारी र नेपाल सरकारको नेतृत्वमा नेपालले अझै ठूलो उपलब्धि हासल गर्ने विश्वास आफूले लिएको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। आफूले चीन र नेपालको सम्बन्धको विकासलाई उच्च महत्व दिएको बताउँदै भण्डारीसँग मिलेर चीन र नेपालको युगौं युगको मित्रताको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आशा पनि राष्ट्राध्यक्ष सीले आफ्नो बधाई सन्देशमा व्यक्त गर्नु भएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान