नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ सशस्त्र प्रहरी फौजको एकीकृत नेतृत्वको मूल्याङ्कन

2018-01-13 16:18:44

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले १० तारिख सशस्त्र प्रहरी फौजलाई झण्डा वितरण गर्दै सम्बोधन पनि गर्नुभयो। बितेका केही दिनयता, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति तथा सैन्य आयोगले सशस्त्र प्रहरी फौजको एकीकृत नेतृत्व गरेको चर्चा गर्दै विदेशी विद्वानहरूले यो नै पार्टीले देशको शासन व्यवस्था तथा शासन गर्ने क्षमताको आधुनिकीकरणलाई अघि बढाउने क्रममा चालेको महत्वपूर्ण कदम भएको औंल्याएका छन्। साथै चीन क्षेत्रीय लगायत विश्वको शान्ति तथा विकासको लागि अझ ठूलो योगदान दिने विश्वास पनि गरिएको छ।

पाकिस्तान दक्षिण एशिया रणनीति स्थिरता अनुसन्धानालयका प्रमुख मारिया सुल्तानले यो नै नयाँ युगमा चीनमा एउटा बलियो सैन्य शक्ति बनाउने, देशको शासन अवस्था र शासन क्षमतालाइ अझ आधुनिक पार्ने महत्वपूर्ण कदम तथा एकीकृत नेतृत्वमा रहेको सशस्त्र प्रहरी अझ अनुशासित र प्रभावकारी हुने विश्वास गर्नुभएको छ।

भारतीय विवेकानन्द अन्तर्राष्ट्रिय कोषका उच्च अनुसन्धाकर्ता आनन्द विनोदले यो कदमबाट सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले सशस्त्र प्रहरीमा ठूलो महत्व दिएको प्रतिविम्वित गरिएको ठहर गर्नुभयो। उहाँले यसबाट चीनको सामाजिक स्थिरता तथा देशको दीर्घकालीन सुरक्षाको लागि हितकर भएको विचार व्यक्त गर्नुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान