तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

७७ मुलुक समूह र चीनको सकारात्मक भूमिकाको उच्च मूल्याङ्कन

2018-01-13 15:59:47

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेर्रेसले ७७ मुलुक समूह र चीनले बहुपक्षीयवाद, आर्थिक विकास प्रवर्द्धन एवम् जलवायु परिवर्तनका क्षेत्रमा खेल्दै आएको सकारात्मक भूमिकाको उच्च मूल्याङ्कन गर्नुभएको छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा १२ तारिख दिउँसो आयोजित ७७ मुलुक समूहको अध्यक्ष मुलुक हस्तान्तरण समारोहमा महासचिव गुटेर्रेसले बहुपक्षीयवादको संरक्षण कठिन अवस्थामा परेको घडीमा यसको संरक्षण गर्ने मुख्य शक्ति भएका ७७ मुलुक समूह र चीनले विकासलाई संयुक्त राष्ट्रसंघको कार्यको मुख्य भागमा समेट्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा सराहना गर्नुभयो।

जलवायु परिवर्तनका क्षेत्रमा विश्वमा परेको विनाशकारी परिणतिबाट जोगाउनको लागि ७७ मुलुक समूह र चीनमा २ वटा सबैभन्दा ठूला आर्थिक एकाइ चीन र भारतले निकै निर्णायक भूमिका खेलेको पनि महासचिव गुटेर्रेसले औंल्याउनुभयो। साथै उहाँले ७७ मुलुक समूह र चीनले आप्रवासन तथा राष्ट्र संघको सुधार क्षेत्रमा गरेको सकारात्मक भूमिकाको पनि प्रशंसा गर्नुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान