नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सीद्वारा चौथो विश्व इन्टर्नेट सम्मेलनलाई बधाई सन्देश

2017-12-03 18:27:44

चौथो विश्व इन्टर्नेट सम्मेलन आज डिसेम्बर तीन तारिख विहान च च्याङ प्रान्तको ऊ चनमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ। बधाइ सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट एवं व्यक्तिगत रूपमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाका जिम्मेवार व्यक्तिहरू, विद्वान तथा विशेषज्ञहरू, व्यवसायीहरू लगायत विविध क्षेत्रका व्यक्तित्वहरूलाई हार्दिक स्वागत पनि गर्नुभएको छ। सम्मेलनले सहभागीहरूको विचारमा सहमति गरेर इन्टर्नेट तथा डिजिडल अर्थ क्षेत्रमा हुने सहयोगलाई गहन पारी इन्टर्नेट विकासमा हासिल उपलब्धिबाट विश्वका विभिन्न मुलुकका जनताको हित-कल्याण बढाउने आशा व्यक्त गर्नुभएको छ।

बधाइ सन्देशमा सीले चीनको डिजिडल अर्थको विकास तीब्र गतिमा प्रवेश भएकाले आफ्नो प्रयासमार्फत विश्वका विभिन्न मुलुकसँगै इन्टर्नेट तथा डिजिडल अर्थ विकासको फराकिलो बाटो निर्माण गर्ने आशा चीनले लिएको बताउनुभएको छ। चीनमा खुलापन ढोका बन्द नहुने बताउँदै बरू झन् झन् ठूलो पारिने पुष्टि पनि सीले गर्नुभएको छ।

उक्त सम्मेलनको मुख्य विषय “डिजिडल अर्थतन्त्रको विकास, खुलापन र वितरण प्रवर्द्धन - इन्टर्नेटको भाग्य समुदायको संयुक्त रुपमा निर्माण” रहेको छ।

चौथो विश्व इन्टर्नेट सम्मेलन आज डिसेम्बर तीन तारिखदेखि पाँच तारिखसम्म आयोजना हुँदैछ। सो सम्मेलनमा थाइ उप प्रधानमन्त्री, मंगोलियाली उप प्रधानमन्त्री, संयुक्त राष्ट्र संघका उप महासचिव, एपल कम्पनीका प्रथम कार्यकारी निर्देशक, सिस्को कम्पनीका प्रथम कार्यकारी निर्देशक, आलिबाबा कम्पनीका बोर्ड अध्यक्ष , अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति, इन्टर्नेट क्षेत्रका अग्रगामी, इन्टर्नेटका प्रसिद्ध व्यक्ति, विशेषज्ञ र विद्वानलगायतका विश्वका पाँच महादेशका एह हजार पाँच सयजना अतिथि सहभागी भएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान