नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठकद्वारा 19औँ महाधिवेशन भावनासम्बन्धी गोष्ठीको आयोजना

2017-12-03 15:10:56

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरुबीच संवाद उच्च स्तरीय बैठकले डिसेम्बर दुई तारिख विहान “नयाँ युगको चिनियाँ कम्युनिष्ट पार्टी र विश्व” भन्ने मुख्य विषयमा चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको भावनासम्बन्धी गोष्ठीको आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री सुङ थाउले “चार वटा आत्मविश्वासलाई सुदृढ र चीनको योगदान” विषयमा सम्बोधन गर्नुभयो।

उहाँले चीनले हासिल गरेको ऐतिहासिक विकास उपलब्धि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा हासिल गरिएको, चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ जनतालाई सुख दिने पार्टी हो भन्दै मानव प्रगति कार्यका लागि सक्दो प्रयास गरेको पार्टी पनि रहेको बताउनुभयो।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले विभिन्न मुलुकका विभिन्न पार्टीसँग आदान-प्रदान र सहयोग गर्ने, मानव भाग्य समुदाय र सुन्दर संसारको निर्माणका लागि ठूलो योगदन दिने आशा लिएको उल्लेख गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान