नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सफलताका साथ आयोजना हुनेमा चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरु ढुक्क

2017-10-12 18:36:57 CRI

विगत पाँच वर्षभित्र चीनको आर्थिक क्षेत्रको द्रुत गतिले विकास भएको छ। लगानी अवसर धेरै भन्दा धेरै सिर्जना भएका छन् भने विकासको वातावरण पनि झनै खुला भएको छ र धेरै चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले चीनमा लगानीको इच्छा राखेका छन्। निकट भविष्यमा आयोजना हुनलागेको चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन यस वर्षको चीनको सबैभन्दा महत्वपूर्ण राजनैतिक घटना हो। चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले 19औं महाधिवेशनको सफलताको कामना गर्नुका साथै उत्सुक रहेको र सफलताका साथ आयोजना हुनेमा ढुक्क रहेको बताएका छन्।

इटाली चिनियाँ वाणिज्य च्याम्बरका प्रमुख छङ चङ सीले अठारौं महाधिवेशन देखि धेरै चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरु चीनमा फर्केर लगानी गरेको तथा चीन सरकारले उनीहरुलाई धेरै राम्रो नीति प्रस्तुत गरेको बताउनुभएको छ। साथै उहाँले 19औं महाधिवेशनको पूर्ण सफलताको कामना गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान