तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

शाङ हाइ सहयोग संगठनको अस्ताना शिखर सम्मेलनमा सी चिन फिङको उपस्थित

2017-06-10 15:14:55 CRI

शाङ हाइ सहयोग संगठन सदस्य मुलुकका शीर्ष नेता परिषदको सत्रौँ सम्मेलन जनु नौ तारिख अस्तानामा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नुभएको छ।

सी चिन फिङले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्थिति परिवर्तन भइरहेकोले विभिन्न सदस्य मुलुकले मिलेर धम्की र चुनौतिको संयुक्त रुपमा सामना गर्नुपर्ने भन्दै चीनले विभिन्न पक्षसँग मिलेर भाग्य समूदायको विचारलाई गहन पारी सुरक्षा, स्थिरता, समृद्धि साझा घरको निर्माण गर्ने इच्छा लिएको बताउनुभयो। उहाँले “शाङ हाइ सहयोग संगठन सदस्य मुलुकबीच दीर्घकालीन मैत्रीपूर्ण सहयोग सन्धि”को आगामी पाँच वर्षको कार्यान्वयन रुपरेखाको तर्जुमा गरी आगामी चरण विभिन्न क्षेत्रका सहयोग दिशाको तयारी गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। हालै सो क्षेत्रमा धेरै देखिएका हिंसात्मक आतंकबादी गतिबिधिबारे चर्चा गर्दै सी चिन फिङले आतंकबादी, पृथतावादी र अतिवादीको प्रहार गर्न लामो समय लाग्छ र विभिन्न पक्षले मिलेर त्यसको सामना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

यस शिखर सम्मेलनमा भारत र पाकिस्तान ‌औपचारिक रुपमा शाङ हाइ सहयोग संगठनको सदस्य मुलुक बनेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शारिफले विभिन्न पक्षबाट पाएको समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुका साथै सँगै मिलेर शाङ हाइ सहयोग संगठनको दिगो, स्वास्थ्य, स्थिर विकास पार्ने बिचार व्यक्त गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान