नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन र रुसबीच अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे रणनैतिक आदान-प्रदान

2017-04-15 14:55:45

चीनका परराष्ट्र मन्त्री वाङ यी तथा रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभबीच चौध तारिख राति टेलिफोन वार्ता भएको छ। वार्तामा उहाँहरूले द्बिपक्षीय सम्बन्ध, सिरिया र कोरियाली प्रायद्बीप लगायत साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयबारे रणनैतिक आदान-प्रदान गर्नुभएको छ।

वार्तामा उहाँहरूले सक्रियताका साथ दुवै देशका राष्ट्रनायकबीच चीन-रुस सम्बन्ध विकासको मतैक्यतालाई व्यवहारमा उतार्नुका साथै निकटमा हुन लागेका अनेकन् उच्च तहबीचको आवत-जावतका लागि राम्रो तयारी गर्नेमा सहमति जनाउनुभएको छ।

सिरिया परिस्थितिबारे चर्चा गर्दै परराष्ट्र मन्त्री वाङले सिरियाको स्वतन्त्रता, सार्वभौमिकता र भूखण्डको अक्षुण्णताको सम्मान गरिनुपर्ने कुरामा जोड दिनुभएको छ।

वार्तामा लाभरोभले सिरिया र कोरियाली प्रायद्बीपको पछिल्लो परिस्थिति सम्बन्धी रुसको अडान र धारणाबारे पनि जानकारी दिनुभएको छ। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान