तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

त्याउ यु टापुको सार्वभौमिकतासम्बन्धी चीनको अडान

2017-02-04 15:22:00 CRI

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले तथाकथित “अमेरिका-जापान द्वीपक्षीय सहयोग तथा सुरक्षा सन्धि” शित युद्ध कालको कुरा भएको र चीनको प्रादेशिक सार्वभौमिकता र वैध अधिकारलाई हानी पार्नु नहुने बताउँदै त्याउ यु टापुको प्रादेशिक सार्वभौमिकतासम्बन्धी गलत भनाइ रोक्नका लागि अमेरिकालाई ताकिता तुल्याउनुभएको छ।

फेब्रुअरी तीन तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। जापानी मिडियाका अनुसार, अमेरिकी रक्षामन्त्री जेम्स माटिसले हालै जापानको भ्रमण गर्दा त्याउ यु टापुको लागि “अमेरिका-जापान द्वीपक्षीय सहयोग तथा सुरक्षा सन्धि” अनुकूल रहेको कुरा दोहोर्‍याउनुभएको थियो। त्यसको प्रतिक्रिया दिँदै प्रवक्ता लुले इतिहास देखि नै त्याउ यु टापु तथा त्यस वरिपरिका टापुहरु चीनको भूभाग रहिरहेको छ र त्यो परिवर्तन हुन नसक्ने ऐतिहासिक तथ्य रहेको ताउनुभयो। तथाकथित “अमेरिका-जापान द्वीपक्षीय सहयोग तथा सुरक्षा सन्धि” शित युद्धको कुरा हो जसले चीनको प्रादेशिक सार्वभौमिकिता तथा वैध अधिकारलाई हानी पार्नुहुँदैन भन्ने कुरा उहाँले दोहोर्‍याउनुभयो।

जापानले जिम्मेवार भएर त्याउ यु टापुको प्रादेशिक सार्वभौमिकता विषयमा गलत भनाइ राख्न छोडेर क्षेत्रीय स्थितिलाई अस्थीर पार्न प्रतिरोध गर्न चीनले अमेरिकालाई ताकिता तुल्याएको पनि उहाँले व्यक्त गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान