नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनद्बारा नेटवर्क डाटा सुरक्षाको व्यवस्थापन प्रणाली स्थापना

2017-01-30 16:23:41

चीनको औद्योगिक-सूचना मन्त्रालयले हालै सूचना र टेलिकम नेटवर्क तथा सूचना सुरक्षा योजना सन् 2016- देखि 2020 लाई सार्वजनिक गरेको छ। त्यसमा नेटवर्क र सूचनाको सुरक्षा सम्बन्धी ऐन-कानून र व्यवस्थालाई पूर्णता दिलाउनुका साथै नयाँ ढाँचाको नेटवर्क र सूचना सुरक्षा सम्बन्धी सञ्चालन प्रणालीको स्थापना गर्ने र सम्पूर्ण रुपमा नेटवर्क र सूचना सुरक्षा सम्बन्धी प्राविधिक प्रत्याभूति स्तरलाई माथि उकास्ने आग्रह प्रस्तुत गरिएको छ।

यसका अतिरिक्त औद्योगिक-सूचना मन्त्रालयले आधारभूत उर्जा स्रोत सूचनाको सुरक्षाको व्यवस्थापनलाई सबल पार्नुका साथै इन्टरनेटको नयाँ प्रविधि र व्यवसाय सम्बन्धी सुरक्षाको मूल्याङ्कनलाई गहर्‍याउने कुरा पनि उक्त योजनामा उल्लेख गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान