नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

बसन्त चाडको बिदामा देश पार गर्ने पर्यटकको संख्या साठी लाख बढी

2017-01-30 16:22:45

बसन्त चाडको लामो बिदामा बाहिर घुम्नु नै चिनियाँहरूका लागि चाड मनाउने महत्वपूर्ण तरिकामध्येको एक हो। चिनियाँ राष्ट्रिय पर्यटन ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, बसन्त चाडको लामो बिदाका अघिल्ला तीन दिनभित्र देशभित्रका पर्यटकको कुल संख्या उन्नाईस करोड पचास लाख पुगेको छ। देश पार गरिने पर्यटन बजारमा पनि निकै समृद्ध वातावरण देख्नपाइन्छ। यस लामो बिदाको अवधिमा देश पार गर्ने पर्यटकको संख्या साठी लाखभन्दा बढी नाघ्ने अनुमान गरिएको छ।

यो बसन्त चाडको लामो बिदामा जाडोबाट मुक्त भएर दक्षिणी भागतिर यात्रा गर्नु र उत्तरतिर हिउँद ऋतुको रमणीय दृश्यको अवलोकन गर्नु देशभित्रका पर्यटकहरूको मुख्य छनौट हुन्। प्राप्त जानकारी अनुसार, सान या, श्या मन, हार्पिन, शाङ्गहाई, हाङ चौ, छङ तु र क्वै लीन आदि ठाउँमा पर्यटकको घुइँचो रहेको छ।

देश पार गर्ने सन्दर्भमा अमेरिका, बेलायत, स्पेन, जर्मनी, स्विज्टल्याण्ड, थाइल्याण्ड, भियतनाम र इण्डोनेशिया यी मुलुकहरू चिनियाँ पर्यटकको मुख्य छनौट रहेका छन्। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान