चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रसेल्समा यूरोपेली संघीय थिङ्क ट्याङ्क तथा मिडिया फोरमलाई डिसेम्बर १६ तारिख सम्बोधन गर्नुभएको थियो। सो अवसरमा उहाँलाई सोधिएको पहिलो प्रश्न थियो, चीन विकासोन्मुख मुलुक हो वा विकसित मुलुक?
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले डिसेम्बर २६ तारिख आयोजित पत्रकार सम्मेलनमा आयात भन्सार कर घटाउनु चीनले बजारको खुलापनलाई विस्तार गर्ने ठोस कदम भएको र यो सम्बन्धित उच्च गुणस्तरको मालसामानको आयातलाई विस्तार गर्नका लागि हितकर हुने बताउनुभएको छ। वास्तवमा सन् २०१९ मा “खुलापन” चीनको विकासको एक मुख्य शब्द नै भएको छ र चीनले विश्वका लागि सिर्जना गर्ने लाभांश पनि बनेको छ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख जन वृहत्त सभा भवनमा जापानका प्रधानमन्त्री अबे सिन्जोसँग भेट-वार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले वर्तमान विश्वमा संरक्षणवाद, एकपक्षीयवाद तथा प्रभुत्ववाद बढ्दै गएकाले विश्वको व्यवस्थापनलाई अराजक बनाउँदै लगेको र विश्व शान्ति तथा स्थिरताका लागि धम्की सिर्जना गरेको बताउनुभएको छ। साथै दायित्वबोध मुलुकको हैसियतले चीनले सधैं नै आफ्नो विकासलाई विश्वको विकाससँग मिलाएर मानव जातिको भाग्यको समुदायको निर्माणका लागि प्रयास गर्दै आएको पनि बताउनुभएको छ।
तीन पक्षले सन् २०२०मा निर्धारित योजनाअनुसार क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिको हस्ताक्षर र त्यसको आधारमा तीन मुलुकबीच स्वतन्त्र व्यापार सन्धिको सम्झौता-वार्तालाई सक्रिय रूपमा अघि बढाउने कुरो दोहोर्याएका छन्। साथै तीन पक्षले क्षेत्रीय अर्थतन्त्रको एकीकरण, क्षेत्रीय सहयोग, “चीन, जापान तथा दक्षिण कोरिया प्लस”, ई-वाणिज्य आदि क्षेत्रको सहयोगबारे गहिरो रूपमा वैचारिक आदान-प्रदान गरेर व्यापक मतैक्य प्राप्त गरेका छन्। जसले तीन मुलुकको आठौं शिखर सम्मेलनका लागि तयारी कार्य गरेको छ।
डिसेम्बर १८ तारिखदेखि २० तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, जन गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ मकाउ मातृभूमिमा समाहित भएको २० औँ वार्षिकोत्सव र मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं सरकारको उद्घाटन समारोहमा भाग लिनुहुनेछ र उहाँले मकाउको निरीक्षण पनि गर्नुहुनेछ।
उहाँका अनुसार गत वर्ष मातृभूमिमा फर्किएपछि हङकङका सामु देखापरेको सबैभन्दा गम्भीर तथा जटिल वर्ष हो। विभिन्न चुनौति र दवावउन्मुख प्रशासक लिनले “एक देश दुई व्यवस्था” आधारभूत सिद्धान्तलाई द्दढ कायम राख्दै प्रशस्त कठिन काम गर्नुभएको छ।
राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन आयोगका अध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा उन्नत समूह तथा व्यक्तिसँग भेट गर्नुभएको छ। उहाँले ती व्यक्तिहरुलाई हार्दिक शुभकामना दिँदै उहाँहरुले गौरवशाली इतिहासलाई माया गर्दै निरन्तर रुपमा जन गणतन्त्र चीनको महान पुनःरुत्थानको चिनियाँ सपनाका लागि सकारत्मक योगदान सिर्जना गर्ने आशा व्यक्त गर्नुभएको छ।
छ्यु श पत्रिकाले डिसेम्बर सोह्र तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख पूरक श्रेष्ठता तथा उच्च गुणस्तरीय विकाससहित क्षेत्रीय आर्थिक प्रारुपको निर्मणको प्रवर्द्धन प्रकाशन गरेको छ। सो लेखका अनुसार विभिन्न स्थलको स्थानीय अवस्थाबमोजिम कामको उच्च विभाजन र विकासलाई अनुकूलन हुने बाटोमा पूरक श्रेष्ठता तथा उच्च गुणस्तरीय विकासको क्षेत्रीय आर्थिक प्रारुपलाई प्रवर्द्धन गर्नुपर्ने उल्लेख छ।
आज डिसेम्बर १६ तारिख चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनका अनुसार चालु वर्षको अघिल्ला एघार महिनामा चीनको अर्थतन्त्र स्थिर रुपमा विकसित हुँदै आएको छ।
हालै चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनबाट प्रसारण गरिएका सिनच्याङमा आतंकबाद विरोध सम्बन्धि २ वटा अँग्रेजी वृत्तचित्रमा हिंत्सामक तथा आतंकबाद एवं धार्मिक उग्रबादले सिनच्याङमा ल्याएको क्षतिलाई वास्तविक रूपमा प्रदर्शित गरेको छ। साथै पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन भन्ने आतंककारी संगठनले सिनच्याङमा गरेका अपमानजनक कुकर्महरूलाई पनि देखाइएको छ।
हालै अमेरिकी तल्लो सदनबाट तथाकथित ‘युगुर मानवअधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' पारित भएको छ र उग्रबाद तथा आतंकबादलाई हटाउने क्षेत्रमा चीनले गरिरहेको प्रयासमा हिलो छ्यापिएको छ।