माइतीघर- तीनकुने साइकल लेन
विस्तृत विषय2019-12-16 15:17June 02 2020 20:16:49

माइतीघर- तीनकुने साइकल लेन

सडक विभागले पाँच वर्षअघि तीनकुने सडक खण्डमा निर्माण गरेको साइकल लेनबारे धेरैजसो साइकलयात्रु समेत अनभिज्ञ छन्। त्यसबेला बनेको साइकल लेन अझै सञ्चालनमा छैन। यही लेनलाई प्रयोग गर्न मिल्ने गरी सञ्चालन गर्न बल्ल काठमाडौं महानगरपालिकाले छलफल सुरु गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

माथिल्लो अरुण जलविद्युत् आयोजको निर्माण तयारी अन्तिम चरणमा
विस्तृत विषय2019-12-16 15:15June 02 2020 20:16:49

माथिल्लो अरुण जलविद्युत् आयोजको निर्माण तयारी अन्तिम चरणमा

सङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ। यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रूपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको गोरखापत्र अनलाइनले लेखेको छ।

मार्चबाट नेपाल एयरलाइन्सले चीनको क्वाङचौमा उडान सुरु गर्ने
विस्तृत विषय2019-12-16 15:13June 02 2020 20:16:49

मार्चबाट नेपाल एयरलाइन्सले चीनको क्वाङचौमा उडान सुरु गर्ने

नेपाल एयरलाइन्सले आगामी मार्च दोस्रो साताबाट चीनको क्वाङचौमा उडान सुरु गर्ने भएको छ। चीनले क्वाङचौमा उडान सुरु गर्नका लागि स्वीकृति दिइसकेकाले मार्च दोस्रो साताबाट निगमको उडान प्रारम्भ हुने निगमले जनाएको अनलाइन खबरले लेखेको छ।

मिस वर्ल्ड प्रतियोगितामा नेपाललाई दुई उपाधि
विस्तृत विषय2019-12-15 16:11June 02 2020 20:16:49

मिस वर्ल्ड प्रतियोगितामा नेपाललाई दुई उपाधि

मिस नेपाल अनुष्का श्रेष्ठले ६९ औं मिस वर्ल्ड प्रतियोगितामा दुई उपाधि जितेकी छन्। टप १२ सम्म पुगेकी अनुष्काले 'ब्युटी वीथ अ पर्पोज' र 'मल्टिमिडिया' सबटाइटल अवार्ड जितेकी हुन्। अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले तिनै दुई टाइटल जितेकी थिइन्।

सवारी साधन उद्योगमा लगानी बढ्दै
विस्तृत विषय2019-12-15 16:09June 02 2020 20:16:49

सवारी साधन उद्योगमा लगानी बढ्दै

कोरियाली कम्पनी 'मोटेक्स'ले करिब साढे १० अर्ब रुपैयाँ लगानीमा उद्योग स्थापना गर्न लगानी बोर्डसँग सम्झौता गरेको छ। यहाँका बजारमा प्रयोग हुने सवारी साधन शतप्रतिशत विदेशबाट आयात हुँदै आएकोमा पछिल्ला वर्ष मोटरसाइकल र चारपांग्रे एसेम्बलिङ उद्योगमा लगानी बढ्दै गएको हो।

पर्यटक बोलाउन चीनमा प्रवर्द्धनात्मक कार्यक्रम
विस्तृत विषय2019-12-15 16:07June 02 2020 20:16:49

पर्यटक बोलाउन चीनमा प्रवर्द्धनात्मक कार्यक्रम

आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै होटेल संघ नेपाल (हान)ले चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने भएको छ। चीनको छन्तुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा १६ देखि २० डिसेम्बरसम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने हानले उल्लेख गरेको छ।

हङकङमा नेपाल भ्रमण वर्ष २०२० मनाइने
विस्तृत विषय2019-12-15 16:03June 02 2020 20:16:49

हङकङमा नेपाल भ्रमण वर्ष २०२० मनाइने

चीनको हङकङमा नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२० मनाउने भएका छन्। त्यसका लागि त्यहाँ भएका संघसंस्थाहरु जुटेका छन्। कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन समिति गठन गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को विधिवत उद्घाटन कार्यक्रम आगामी ५ जनवरीमा हुने बताइएको छ।

मोबाइलबाटै गर्भवतीको स्याहार
विस्तृत विषय2019-12-14 15:33June 02 2020 20:16:49

मोबाइलबाटै गर्भवतीको स्याहार

नियमित रुपमा स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको प्रविधिमा एक पटक गर्भवतीको नाम दर्ता भइसके पछि स्वास्थ्य संस्था नगए तुरुन्त स्वयंसेविकाको मेडिक मोबाइलमा म्यासेज आउने सुबेदीले बताए। दुई पटक म्यासेज पठाउँदा पनि महिला स्वास्थ्य संस्थामा जाँच गर्न नगए तेस्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई जाने र स्वास्थ्य संस्थामा नजाने महिलाहरुलाई फलोअप गर्न स्वयंसेविकालाई सहज हुने बताए।

चिउरीको घिउबाटै २० लाख आम्दानी
विस्तृत विषय2019-12-14 15:31June 02 2020 20:16:49

चिउरीको घिउबाटै २० लाख आम्दानी

सल्यान जिल्लाको कालिमाटीका-४ खैरेनीका हीरामणि रानाले चिउरीको घिउ बेचेरै २० लाख रुपैयाँ कमाएका छन्। चिउरीको घिउ बेचेर ठूलो परिणाममा रकम कमाउने उनी जिल्लाकै पहिलो व्यवसायी हुन्। जंगलमा त्यसै खेर गइरहेको चिउरीको दाना प्रशोधन गरेर घिउ बनाएपछि स्थानीय समेत दंग परेको अन्न्पूर्णपोस्टले लेखेको छ।

कर्जा प्रवाह ७७ प्रतिशतले घट्यो
विस्तृत विषय2019-12-14 15:30June 02 2020 20:16:49

कर्जा प्रवाह ७७ प्रतिशतले घट्यो

मुलुकमा सञ्चालनमा रहेका 'क'वर्गका वाणिज्य बैंकहरूको कर्जा लगानी घटेको छ। घरजग्गा कारोबारमा गिरावटसँगै निर्माण व्यवसायसमेत सुस्ताएका कारण वाणिज्य बैंकको कर्जा प्रवाह घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

चीनबाट आउन थालेपछि सस्तियो प्याज
विस्तृत विषय2019-12-14 15:29June 02 2020 20:16:49

चीनबाट आउन थालेपछि सस्तियो प्याज

उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ। भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो।

अब काठमाडौंमा पनि साइकल लेन
विस्तृत विषय2019-12-13 15:38June 02 2020 20:16:49

अब काठमाडौंमा पनि साइकल लेन

काठमाडौं महानगरपालिकाले साइकल ट्र्याक बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले चुनावअगाडि महानगरलाई साइकल सिटी बनाउने प्रतिबद्धता जनाएका थिए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान