नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका सुवागढी हुँदै २८ हजार पर्यटक नेपाल भित्रिए
विस्तृत विषय2019-12-19 16:09May 29 2020 20:19:26

नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका सुवागढी हुँदै २८ हजार पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै सन् २०१९ को एघार महिनामा २८ हजार ८ सय ९६ चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ को जनवरीदेखि नोभेम्बरसम्म चिनियाँ र तेस्रो मुलुकका गरी २८ हजार ८ सय ९६ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीले जनाएको कान्तिपुर अलनाइनले लेखेको छ।

एयर चाईनाद्वारा जनकल्याण मा.वि.लाई शैक्षिक सामग्री प्रदान
विस्तृत विषय2019-12-19 11:17May 29 2020 20:19:26

एयर चाईनाद्वारा जनकल्याण मा.वि.लाई शैक्षिक सामग्री प्रदान

एयर चाईनाको काठमाडौं कार्यालयले मोरङ जिल्लाको कानेपोखरी गाउँपालीका, आईतबारेस्थित जनकल्याण माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरेको छ।

आप्रवासी श्रमिकको समस्या जस्ताको तस्तै
विस्तृत विषय2019-12-18 14:51May 29 2020 20:19:26

आप्रवासी श्रमिकको समस्या जस्ताको तस्तै

वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा यति बेथिति छ कि एउटा व्यक्ति श्रम स्वीकृतिका लागि आठ दिनसम्म धाउनुपर्ने बाध्यता छ।

रेल्वे सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार
विस्तृत विषय2019-12-18 14:50May 29 2020 20:19:26

रेल्वे सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार

नेपाल रेल विभागले निर्माण हुने पूर्व-पश्चिम रेल्वे सेवाअन्तर्गत प्रदेश-१ का विभिन्न स्थानमा पर्न सक्ने वातावरणीय प्रभाव मूल्यांकन तयार पारेको छ। झापा, मोरङ र सुनसरीलाई जोड्ने गरी विद्युतीय रेल सञ्चालन गर्ने गरी वातावरणीय प्रभाव मूल्यांकन तयार पारिएको कारोबार अनलाइनले लेखेको छ।

तारा र ग्रहको नाम सगरमाथा र लालीगुराँस
विस्तृत विषय2019-12-18 14:48May 29 2020 20:19:26

तारा र ग्रहको नाम सगरमाथा र लालीगुराँस

पृथ्वीबाट निकै टाढा रहेका ग्रह तथा त्यो ग्रहले परिक्रमा गर्ने ताराको नाम क्रमशः लालीगुँरास र सगरमाथा राखिएको छ। सगरमाथा र लालीगुराँस नामाकरण गरिएको तारा र ग्रह पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा छन्। एक प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो। प्रकाश एक सेकेन्डमा करिब तीन लाख किलोमिटरको यात्रा गर्छ।

चिनियाँ राजदूतावासद्वारा नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग
विस्तृत विषय2019-12-18 14:47May 29 2020 20:19:26

चिनियाँ राजदूतावासद्वारा नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग

नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग गरेको छ। चिनियाँ राजदूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको अनलाइन खबरले लेखेको छ।

काठमाडौँमा चिनियाँ गायन प्रतियोगिता सम्पन्न
विस्तृत विषय2019-12-17 17:09May 29 2020 20:19:26

काठमाडौँमा चिनियाँ गायन प्रतियोगिता सम्पन्न

चिनियाँ मिडिया ग्रुपले नेपालको रे मिडिया ग्रुप र जेजी प्रोडक्सनसँग मिलेर संचलान गरेको चिनियाँ गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा दोर्जे शेर्पा प्रथम भएका छन् भने पेम्बा ग्याल्पो शेर्पा दोस्रो भएका छन्। त्यसैगरी निमा यान्छेन तेस्रो भएकी छन्।

घुम्नैपर्ने देशमा नेपाल पहिलो
विस्तृत विषय2019-12-17 15:56May 29 2020 20:19:26

घुम्नैपर्ने देशमा नेपाल पहिलो

“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ।

एक वर्षमा ६ ठूला आन्तरिक विमानस्थलको धावनमार्ग मर्मत
विस्तृत विषय2019-12-17 15:53May 29 2020 20:19:26

एक वर्षमा ६ ठूला आन्तरिक विमानस्थलको धावनमार्ग मर्मत

नेपाल नागरिक उड्डयन प्राधिकरणले तराई भेगका अधिकांश ठूला विमानस्थलको धावनमार्ग मर्मतको काम पूरा गरेको छ। एक वर्षको अवधिमा आधा दर्जन आन्तरिक विमानस्थलमा धावनमार्गको मर्मत कार्य सकिएको अनलाइन खबरले लेखेको छ।

११ महिनामा साढे १३ लाख पर्यटक लुम्बिनीमा
विस्तृत विषय2019-12-17 15:48May 29 2020 20:19:26

११ महिनामा साढे १३ लाख पर्यटक लुम्बिनीमा

प्रदेश ५ सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारले मनाउने संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० ले लुम्बिनीमा पर्यटक आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन। लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा (जनवरी देखि नोबेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या खासै नबढेको देखिएको नागरिक अनलाइनले लेखेको छ।

भैरहवा विमानस्थल सञ्चालनको  जिम्मा म्युनिखलाई दिने तयारी
विस्तृत विषय2019-12-17 15:46May 29 2020 20:19:26

भैरहवा विमानस्थल सञ्चालनको जिम्मा म्युनिखलाई दिने तयारी

चिनियाँ कम्पनीले भैरहवामा निर्माण गरिरहेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा नेपाल सरकारले जर्मनीको 'म्युनिख' विमानस्थललाई दिने प्रक्रिया अघि बढाएको छ। 'जिटुजी' (नेपाल सरकार- जर्मन सरकार)मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा त्यहाँको दोस्रो ठूलो विमानस्थल 'म्युनिख' लाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

नेपाल सरकारद्वारा महाकवि देवकोटाको निवासको स्वामित्व ग्रहण
विस्तृत विषय2019-12-16 15:19May 29 2020 20:19:26

नेपाल सरकारद्वारा महाकवि देवकोटाको निवासको स्वामित्व ग्रहण

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटा निवासलाई सङ्ग्रालय बनाउने घोषणा गर्नु भएको थियो। जग्गाप्राप्तिका कारण निर्माणमा ढिलाइ हुँदै आएको थियो। अब स्वामित्व हस्तान्तरण भएसँगै सङ्ग्रालय निर्माणले गरि पाउने अपेक्षा गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान