नेपाली भाषा
चिनियाँ रेलमार्ग आउने चर्चाले लुम्बिनीका पर्यटन व्यवसायी खुसी
विस्तृत विषय2017-11-11 14:52November 23 2017 02:31:09

चिनियाँ रेलमार्ग आउने चर्चाले लुम्बिनीका पर्यटन व्यवसायी खुसी

तिब्बतको केरुङबाट काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न सकिने चिनियाँ रेल अध्ययन टोलीले बताएपछि लुम्बिनी आसपासका मानिसमा खुसी छाएको छ। रेलमार्गको संभाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ रेल नेटवर्कको टोली पोखरा हुँदै लुम्बिनीसम्म आएर अध्ययन गरेपछि केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भिक निष्कर्ष बिहिबार सुनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

चिनियाँ टोलीको निष्कर्ष, 'चीनबाट नेपालमा रेल जोड्ने सम्भावना छ'
विस्तृत विषय2017-11-11 14:50November 23 2017 02:31:09

चिनियाँ टोलीको निष्कर्ष, 'चीनबाट नेपालमा रेल जोड्ने सम्भावना छ'

नेपाल जोड्ने रेल चीनबाट ल्याउन सक्ने सम्भावना रहेको निश्कर्षसहित चिनियाँ प्राविधिक टोली नेपालबाट स्वदेश फर्केको छ। नेपालभित्र र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष निकालिएको कान्तिपुर अनलाइनले लेखेको छ। केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र पोखरा-लुम्बिनीको अध्ययन गरेको उक्त टोलीले त्यस्तो जानकारी दिएको हो।

क्वारेन्टाइनमा आधुनिक प्रयोगशाला
विस्तृत विषय2017-11-10 16:39November 23 2017 02:31:09

क्वारेन्टाइनमा आधुनिक प्रयोगशाला

क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयले भन्सारमा आधुनिक प्रयोगशाला स्थापना गरेको छ। क्वारेन्टाइनले नेपालगन्जस्थित चेकपोस्टमा मुलुकमै पहिलोपल्ट प्रयोगशाला सुरु गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

महत्त्वाकांक्षी दोस्रो बहुक्षेत्रीय पोषण योजना पुसदेखि
विस्तृत विषय2017-11-10 16:37November 23 2017 02:31:09

महत्त्वाकांक्षी दोस्रो बहुक्षेत्रीय पोषण योजना पुसदेखि

नेपाल सरकारले बालबालिकाको पोषण र महिलाहरूको स्वास्थ्यको स्थितिमा सुधार ल्याउँदै समग्र अर्थतन्त्रलाई गति दिने उद्देश्यसहित आउँदो १७ पुसदेखि दोस्रो बहुक्षेत्रीय पोषण योजना लागू गर्ने भएको कान्तिपुर अनलाइनले लेखेको छ।

पाइपलाइन विस्तारको काम अघि बढाउन आईओसीका प्रतिनिधि नेपालमा
विस्तृत विषय2017-11-10 16:35November 23 2017 02:31:09

पाइपलाइन विस्तारको काम अघि बढाउन आईओसीका प्रतिनिधि नेपालमा

लामो समयदेखि चर्चामा रहेको रक्सोल-अमलेखगन्ज पेट्रोलियम पाइपलाई विस्तारको काम अघि बढाउन इन्डियन आयल कर्पोरेसन (आईओसी)का प्रतिनिधि नेपाल आएका छन्। आईओसी पेट्रोलियम पाइपलाईन परियोजनाका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यीय प्रनिनिधिमण्डल बिहीबार काठमाडौं आएको कारोबार अनलाइनले लेखेको छ।

चिनियाँ टोलीद्वारा लुम्बिनीमा रेल सम्भाव्यता अध्ययन
विस्तृत विषय2017-11-10 16:33November 23 2017 02:31:09

चिनियाँ टोलीद्वारा लुम्बिनीमा रेल सम्भाव्यता अध्ययन

चीनको केरुङदेखि काठमाडौँ र पोखरा हुँदै लुम्बिनी जोड्ने रेलवे लाईन निर्माणका लागि चिनियाँ उच्चस्तरीय सरकारी टोलीद्वारा लुम्बिनीमा सम्भाव्यता अध्ययन गरेको छ। चिनियाँ रेलवे विभागका उपप्रमुख उच्च स्तरीय सरकारी टोलीले बिहिबार लुम्बिनी आएर सम्भाव्यता अध्ययन गरेको रातोपाटी अनलाइनले लेखेको छ।

लमजुङ-मनाङ जोड्न वैकल्पिक पदमार्ग
विस्तृत विषय2017-11-09 15:27November 23 2017 02:31:09

लमजुङ-मनाङ जोड्न वैकल्पिक पदमार्ग

हिमाली जिल्ला मनाङसम्मै मोटरबाटो बनेपछि छोटिएको पदयात्रा लम्ब्याउन होटल व्यवसायी वैकल्पिक पदमार्ग बनाउन थालेका छन्। उनीहरूले पहिलो चरण अन्तर्गत लमजुङको बेंसीसहरदेखि खुदीसम्म सहजी-खुदी वैकल्पिक पदमार्ग निर्माण गरेका छन्।

नेपाल आउने बेलायती पर्यटक दुई वर्षमै दोब्बर
विस्तृत विषय2017-11-09 15:27November 23 2017 02:31:09

नेपाल आउने बेलायती पर्यटक दुई वर्षमै दोब्बर

नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या गत वर्षदेखि आकस्मिक रुपमा रुपमा बृद्धि भएको छ। सन् २०१५ मा भूकम्पको कारण २९ हजारमा घटेको यो संख्या गत वर्ष ४६ हजार २ सय ९५ पुगेको थियो। यो बर्ष त्यो संख्या बढेर ६० हजार भन्दामाथि पुग्ने आशा बेलायतस्थित नेपाली दूताबासले गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

सार्वजनिक सवारीका चालक र सह-चालकका लागि 'युनिफर्म' तोक्ने तयारी
विस्तृत विषय2017-11-09 14:54November 23 2017 02:31:09

सार्वजनिक सवारीका चालक र सह-चालकका लागि 'युनिफर्म' तोक्ने तयारी

काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारीका चालक तथा सह-चालकलाई विशेष पोशाक (युनिर्फम)को व्यवस्था गरिने भएको छ। यातायात मजदुरको पहिचान झल्किने गरी विशेष पोशाक तोक्ने तयारी गरिएको अनलाइन खबरले लेखेको छ।

चालु वर्ष नेपाल खाद्य संस्थानले सवा अर्बको धानचामल किन्ने
विस्तृत विषय2017-11-09 14:50November 23 2017 02:31:09

चालु वर्ष नेपाल खाद्य संस्थानले सवा अर्बको धानचामल किन्ने

नेपालको खाद्य संस्थानले चालु आर्थिक वर्षमा सवा अर्ब रुपैयाँको धानचामल किन्ने तयारी गरेको छ। कृषकको हक संरक्षण, बजारीकरण र बजार नियन्त्रण गर्न संस्थानले विभिन्न जिल्लाबाट धानचामल किन्न लागेको कान्तिपुर अनलाइनले लेखेको छ।

रनमिन विश्वविद्यालयमा फूटबल प्रतियोगितामा नेपाली विद्यार्थी सहभागी
विस्तृत विषय2017-11-08 16:22November 23 2017 02:31:09

रनमिन विश्वविद्यालयमा फूटबल प्रतियोगितामा नेपाली विद्यार्थी सहभागी

चीनको रनमिन विश्वविद्यालयले वर्षेनी आयोजना गर्ने गरेको फुटवल प्रतियोगिता अन्तर्गत यसपटक नेपाली विद्यार्थी सम्मिलित स्कूल अफ फाइनान्सले स्कूल अफ जर्नालिज्मलाई २ का विरूद्ध ५ गोलले पराजित गरेको छ।

साहसिक पर्यटन प्रवद्र्धनमा सघाउन निजी क्षेत्रलाई आग्रह
विस्तृत विषय2017-11-08 14:50November 23 2017 02:31:09

साहसिक पर्यटन प्रवद्र्धनमा सघाउन निजी क्षेत्रलाई आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले साहसिक पर्यटनका निम्ति नेपाल अद्वितीय गन्तव्य भएको बताउँदै त्यसको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान