नेपाली भाषा
नेपालमा अब स्थानीय चुनावका लागि कानूनी बाटो खुल्यो
विस्तृत विषय2017-02-03 16:40April 24 2017 13:29:20

नेपालमा अब स्थानीय चुनावका लागि कानूनी बाटो खुल्यो

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माघ 15 भित्रै यी विधेयकहरु पारित गरेर जेठ पहिलो साता स्थानीय चुनाव घोषणा गर्ने सहमति भएको थियो। तर, झण्डै हप्तापछि मात्रै संसदबाट यी विधेयकहरु पारित भएको छ।

सम्पदा पुनर्निर्माणमा ठेक्कापट्टा अन्त्य गरिने
विस्तृत विषय2017-02-03 16:39April 24 2017 13:29:20

सम्पदा पुनर्निर्माणमा ठेक्कापट्टा अन्त्य गरिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि ठेक्कपट्टा अन्त्य गर्ने भएको छ। ठेक्कापट्टा गर्दा पुरातात्विक सम्पदाको परम्परागत पहिचान र मौलिकता हराउने भन्दै यसको अन्त्य गरी प्राधिकरणले विकल्प अघि सार्ने भएको कारोबार अनलाइनले लेखेको छ।

नुवाकोट महोत्सवमा हालसम्म एकलाख दर्शक
विस्तृत विषय2017-02-02 16:33April 24 2017 13:29:20

नुवाकोट महोत्सवमा हालसम्म एकलाख दर्शक

चौथो नुवाकोट महोत्सवमा छैटौँ दिनसम्म एकलाख दर्शकले अवलोकन गरेको महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घले जनाएको छ। महोत्सवको पहिलो र दोस्रो दिन आधा जिल्ला बन्द रहेपनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो भने बन्द खुलेपछि झनै बढेको आयोजकले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

सार्क कार्यक्रम समितिको बैठक सुरु
विस्तृत विषय2017-02-02 16:33April 24 2017 13:29:20

सार्क कार्यक्रम समितिको बैठक सुरु

सार्क कार्यक्रम समितिको दुई दिने बैठक बुधबार काठमाडौंमा सुरु भएको छ। बैठकमा दक्षिण एसियाली क्षेत्रका आठै मुलुक नेपाल, भारत, भुटान, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगास्तिानका विदेश मन्त्रालयका सह-सचिव सहभागी रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपालले चीनबाट खरिद गरेको चौथो विमान बुधबार काठमाडौँ पुग्यो
विस्तृत विषय2017-02-02 16:32April 24 2017 13:29:20

नेपालले चीनबाट खरिद गरेको चौथो विमान बुधबार काठमाडौँ पुग्यो

नेपाल वायुसेवा निगमको चौथो चिनियाँ विमान वाइ-12-इ (गौँथली) बुधबार काठमाडौं आइपुगेको छ। यो विमान चीनको खुन्मिङ्बाट अमेरिकी कम्पनीकालागि काम गर्ने नेदरल्याण्डका पाइलटहरु रोबर्टस भर्बोंक र मार्क अबोनचुरले बर्मा, भारतको कोलकाता हुँदै हवाई मार्गबाट काठमाडौंमा ल्याएका कान्तिपुर अनलाइनले लेखेको छ।

अष्ट्रेलिया र नेपालवीच हवाई सम्झौताको तयारी
विस्तृत विषय2017-02-02 16:32April 24 2017 13:29:20

अष्ट्रेलिया र नेपालवीच हवाई सम्झौताको तयारी

नेपाल र अष्ट्रेलियावीच हवाई सम्झौता गर्ने तयारी भइरहेको छ। नेपाल वायुसेवा निगमले अष्ट्रेलियामा उडान गर्ने तयारी गरिरहेका बेला पर्यटन मन्त्रालयले अष्ट्रेलियासँग सम्झौताको तयारी गरेको अनलाइन खबरले लेखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान