चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नेपालको भ्रमण सम्पन्न भइसकेको छ। चीन र नेपालले आपसी विकास तथा समृद्धिलाई उन्मुख पुस्तौं पुस्ता मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्ने घोषणा गर्नुका साथै राष्ट्रिय योजना र नागरिक जीवन सम्बद्ध विभिन्न क्षेत्र सम्बन्धी २० सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्।
बहुप्रतीक्षित काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान यसमा चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएको अन्नपूर्णपोस्टले लेखेको छ।
नेपालका गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ। 'सिल्क रोड युथ फोरम'ले आयोजना गरेको 'चाइना-नेपाल युथ कोअपरेशन कन्फरेन्स'को उद्घाटन कार्यक्रममा उहाँले राष्ट्राध्यक्ष सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताउनुभएको हो।
विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन 'मेकिङ डिसेन्ट्रलाइजेसन वर्क'मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ।
नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज (सोमबार) भारतमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा भारतसँग ऊर्जासम्बन्धी विभिन्न विषयमा छलफल र सहमतिको प्रयास हुनेछ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले डेढ महिनापछि सुरु हुन लागेको 'नेपाल भम्रण वर्ष २०२०' लाई मद्दत गर्ने उद्देश्यले आफ्ना नागरिकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताएपछि सरोकारवालाहरू उत्साहित भएका छन्।
नेपाल र चीनबीच १८ समझदारी पत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ। आइतबार काठमाडौँ होटल सोल्टीमा आयोजित विशेष समारोहमा दुई देशका बीच २० समझदारीमा हस्ताक्षर भएको हो। राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी हस्ताक्षर भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
यस अक्टोबर 11देखि 13तारिखसम्म राष्ट्राध्यक्ष सी चिनफिङले भारतमा चीन-भारत नेतास्तरीय दोस्रो अनौपचारिक वार्तामा भाग लिनुका साथै नेपालको राजकीय भ्रमण गर्नुभएको छ। स्वदेशी तथा विदेशी जनमतले सीको उक्त दक्षिण एशिया यात्रालाई ध्यान दिँदै यसलाई एक महत्वपूर्ण ऐतिहासिक भ्रमण मानेको छ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण सकिएको भोलिपल्टै आयोजित सम्मेलनको निकै ठूलो अर्थ रहेको बताउनुभयो।
अक्टोबर १३ तारिख नेपाली संचार माध्यमका मुख्य पृष्ठ र मुख्य प्रसारणका कार्यक्रम र समाचारमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणको सकारात्मक अर्थ रहेको जनाइएको छ। राष्ट्राध्यक्ष सीको भ्रमण ऐतिहासिक क्षण भएको र नेपाल-चीन सम्बन्धलाई ठूलो परिधिमा उकासिएको बताइएको छ।