काठमाडौँमा संचालित चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन सम्पन्न भएको छ। गत मंगलबार सुरु भएको सम्मेलन हिजो बिहीबार सम्मपन्न भएको हो। घोषणापत्र सुनाउँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चीन तथा दक्षिण एसियाली स्रष्टाहरूबीच विभिन्न साहित्य भेला र जमघटलाई बढावा दिइने, आगामी सम्मेलनमा तथा सभामा युगल सिर्जनात्मक कार्य प्रस्तुतिलाई जोड दिइने, क्षेत्रीय स्तरमा सिर्जनात्मक लेखन, अनुवाद, भाषा सिकाइजस्ता कार्यशाला गरिने, आगामी २ वर्षमा अर्को साहित्य सम्मेलन गरिनेजस्ता ६ बुँदे निचोड प्रस्तुत गर्नुभएको कान्तिपुर अनलाइनले लेखेको छ।
नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपाल सरकारले चीनसँग नयाँ उचाइको सम्बन्ध निर्माण गरेको बताउनु भएको छ। रुपन्देहीको सैनामैनामा बिहीबार आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरागर्दे उहाँले नेपालको विकासमा चीन सरकार सकारात्मक देखिएको बताउनु भएको अनलाइन खबरले लेखेको छ।
चीनको साताव्यापी भ्रमणमा रहेका नेपाली पत्रकारहरूको टोलीले बिहिबार पैचिङमा आयोजित विश्व गरिबी निवारण दिवसको गोष्ठीमा सहभागिता जनाएको छ।
पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो।
दोस्रो चरणको चक्रपथ विस्तारको काम सुरू भएको छ। पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म ८ लेनमा विस्तार गरिएको चक्रपथ दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर भाग पनि सोही अनुसार विस्तार गर्ने सडक विभागले जनाएको छ। विस्तारको सबै काम चिनियाँ सरकारको सहयोगमा हुने सेतोपाटी अनलाइनले लेखेको छ।
विश्वव्यापी भोकमरी सूचकांकमा विश्वका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ। नेपालको स्थिति विगत १९ वर्षमा सुधार भएर अति गम्भीर भोकमरीग्रस्त देशको सूचीबाट गम्भीर भोकमरीग्रस्त देशको सूचीमा झरेको प्रतिवेदनले देखाएको कारोबार दैनिकले लेखेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्। नेकपाले आयोजना गरेको चियापानमा बोल्दै उनले भने, 'त्रिदेशीय साझेदारीमा जानु पर्छ भनेर भारत र चीन भ्रमणको क्रममा मैले भनेको थिएँ।
नेपाल र चीनबीच परियोजना तयारीमा चीनको सहयोग परिचालन गर्ने सहमति भएको छ। चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय योजना आयोगबीच राष्ट्रिय अर्थतन्त्रमा उत्पादन क्षमता बढाउने महत्त्वपूर्ण परियोजनाको छनोट तथा प्रवद्र्धन गर्ने सहमति भएको हो। चिनियाँ राष्ट्राध्यक्ष सी चीनफिङको भ्रमण क्रममा यो सम्झौता भएको हो।
छिमेकी देश चीनसँग सिमाना जोडिएका कर्णालीका हुम्ला र डोल्पाका विभिन्न नाकाबाट दसैंका लागि तीन हजार भेडा/च्यांग्रा भित्रिएका छन्। बजारमा बढ्दो मागसँगै व्यापारीले चीनको तिब्बतबाट भेडा/च्यांग्रा भित्र्याएका हुन्। चीनसँग सीमा जोडिएका हुम्लाका हिल्सा, लिमी र चुवाखोला र डोल्पाबाट सीमा जोडिएका मरिम्ला र म्याटो नाकाबाट भेडा/च्यांग्रा, खसीबोका भित्र्याएको व्यवसायी बताउँछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका पूर्वाधार विकाससम्बन्धी सम्झौताबाट मुलुकको विकासले काँचुली फेर्ने बताएका छन्।
चीनको गरिबी निवारणसम्बन्धी अध्ययन भ्रमणमा रहेको नेपाली पत्रकारहरूको टोलीले बुधबार हपै प्रान्तस्थित लघुवित्तद्वारा फेरिएको लाइश्वै जिल्लाको पाइलिनस्याको अवलोकन भ्रमण गरेको छ।