नेपाली भाषा
नेपाल घुम्न हतारिए चिनियाँ
विस्तृत विषय2019-10-21 14:30August 06 2020 01:19:25

नेपाल घुम्न हतारिए चिनियाँ

नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङ्प्रति चिनियाँ सर्वसाधारणले सकारात्मक र तीव्र प्रतिक्रिया जनाएका छन्।

चीनद्वारा नेपाली सेनालाई साढे दुई अर्ब सहयोग
विस्तृत विषय2019-10-21 14:26August 06 2020 01:19:25

चीनद्वारा नेपाली सेनालाई साढे दुई अर्ब सहयोग

चीन सरकारले नेपाली सेनालाई एक सय ५० मिलियन युयान (करिब दुई अर्ब ४० करोड रुपैयाँ) सहयोग गरेको छ। नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र चीनका रक्षामन्त्री वेई फेन्ग्हेले बेइजिङमा आइतबार आयोजित एक कार्यक्रममा उक्त सहयोगको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

बुद्धिस्ट सर्किटको भ्रमणका लागि दिल्ली लुम्बिनीका लागि छुट्यो रेल
विस्तृत विषय2019-10-20 15:42August 06 2020 01:19:25

बुद्धिस्ट सर्किटको भ्रमणका लागि दिल्ली लुम्बिनीका लागि छुट्यो रेल

अत्याधुनिक सुविधासहितको रेलमा चढेर पर्यटकहरुले बुद्धिस्ट सर्किटको भ्रमण सुरु गरेका छन्। शनिबार भारतको राजधानी नयाँदिल्लीबाट आठदिने भ्रमण सुरु गरेका पर्यटकहरु यही कात्तिक ६ गते नेपालको लुम्बिनी आउने छन्। र, एक रात लुम्बिनीमै बस्ने अनलाइन खबरले लेखेको छ। रेलमा सवार देश-विदेशका पर्यटकहरुलाई गौतम बुद्धसँग सम्बन्धित तीर्थस्थलको भ्रमण गराइने छ।

तिहारमा काठमाडौँमा मात्र २५ लाख माला आवश्यक
विस्तृत विषय2019-10-20 15:41August 06 2020 01:19:25

तिहारमा काठमाडौँमा मात्र २५ लाख माला आवश्यक

यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ। राजधानी काठमाडौँमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ।

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा
विस्तृत विषय2019-10-20 15:40August 06 2020 01:19:25

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने प्रतिबद्धता आएपछि लुम्बिनी क्षेत्र आसपास चिनियाँ पर्यटक बढ्ने आश पलाएको छ। दुई मुलुकबीच यस्तो सहमतिले चिनियाँ पर्यटक बुद्धजन्मस्थल आउन प्रोत्साहित हुने विश्वास सरोकारवालाले गरेका कान्तिपुर अनलाइनले लेखेको छ।

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्षको सद्भावना दूत
विस्तृत विषय2019-10-20 15:39August 06 2020 01:19:25

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्षको सद्भावना दूत

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बन्नु भएको छ। हिजो शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना दूत नियुक्त गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।

टिचिङ अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण
विस्तृत विषय2019-10-19 14:38August 06 2020 01:19:25

टिचिङ अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गएराति एक व्यक्तिलाई सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ। शुक्रबार राति अस्पतालका सर्जन डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक टोलीले रुपन्देहीका ५० वर्षका एक व्यक्तिलाई सफल ढंगले कलेजो प्रत्यारोपण गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपालको पर्यटन उद्योगमा 'चिनियाँ पर्यटक महत्वपूर्ण'
विस्तृत विषय2019-10-19 14:31August 06 2020 01:19:25

नेपालको पर्यटन उद्योगमा 'चिनियाँ पर्यटक महत्वपूर्ण'

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्राध्यक्ष सी चिङफिङको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा जोड पुगेको बताउनु भएको छ। बिहीबार राजधानीमा आयोजित चीनमा नेपालको पर्यटन प्रवद्र्धनका चुनौती र अवसरसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले चीनबाट नेपाल भ्रमण वर्षको अवसरमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आवश्यक प्रचार-प्रसारमा जोड दिएको जानकारी गराउनु भएको नागरिक अनलाइनले लेखेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणले परिवर्तनको ऊर्जा थपियो
विस्तृत विषय2019-10-19 14:24August 06 2020 01:19:25

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणले परिवर्तनको ऊर्जा थपियो

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणले नेपाल - चीनबीचको द्विपक्षीय सम्बन्धलाई नवीन मोडमा पुर्‍याएको विश्लेषण गरिएको छ। राष्ट्रपति सीको भ्रमणले नेपालको समग्र विकासमा सकारात्मक परिवर्तनको ऊर्जा थपिएको निष्कर्ष पनि देखिएको गोरखापत्र अनलाइनले लेखेको छ।

चीनको नेपाली सेनालाई साढे दुई अर्ब सहयोग प्रदान गर्ने
विस्तृत विषय2019-10-19 14:20August 06 2020 01:19:25

चीनको नेपाली सेनालाई साढे दुई अर्ब सहयोग प्रदान गर्ने

चीन सरकारले नेपाली सेनालाई सैन्य सामग्री खरिद गर्न करिब २ अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। सैन्य सहयोगको यो सम्झौतामा नेपालका तर्फबाट चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गर्ने रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनुवारले जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा
विस्तृत विषय2019-10-18 14:57August 06 2020 01:19:25

ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा

नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना विश्वको उत्कृष्ट पाँचमा पर्न सफल भएको छ। 'युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन'ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको गोरखापत्र अनलाइनले लेखेको छ।

सुर्खेत-हिल्सा सडक समयमै बन्ने भएपछि स्थानीय खुशी
विस्तृत विषय2019-10-18 14:56August 06 2020 01:19:25

सुर्खेत-हिल्सा सडक समयमै बन्ने भएपछि स्थानीय खुशी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको दुईदिने नेपाल भ्रमणका बेला कर्णालीको जीवनमार्गको रूपमा लिइने कर्णाली करिडोर (सुर्खेत-हिल्सा फास्ट ट्र्याक)लाई समेटेकोमा कर्णाली प्रदेश सरकारले खुसी व्यक्त गरेको छ। कोसी, गण्डकीसँगै कर्णाली करिडोरलाई पनि नेपाल चीनबीच भएको संयुक्त वक्तव्यको ५ नं. बुँदामा समेटेपछि कर्णाली करिडोर समयमै बन्नेमा प्रदेश सरकार आशावादी भएको गोरखापत्र अनलाइनले लेखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान