नेपाली भाषा
विदेश घुम्ने नेपालीको संख्यामा वृद्धि हुँदै
विस्तृत विषय2019-10-24 15:46September 18 2020 22:47:43

विदेश घुम्ने नेपालीको संख्यामा वृद्धि हुँदै

पछिल्लो समय राम्रो व्यवसाय र राम्रो तलब सुविधाको जागिर गर्ने नेपालीहरू विदेश चहारिरहेका छन्। उनीहरू नेपालका स्तरीय पर्यटकमा गनिन्छन्। यस्तो वर्गको वार्षिक कमाइ लाखौँ रुपैयाँ हुने गर्छ। र, दिल खोलेर खर्च गर्छन्। अझ पति-पत्नी दुवै जागिरे हुनेहरू घुम्न बढी निस्किन्छन्।

चीन र नेपालबीचको मुख्य व्यापारिक नाका केरूङमा अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव
विस्तृत विषय2019-10-24 15:44September 18 2020 22:47:43

चीन र नेपालबीचको मुख्य व्यापारिक नाका केरूङमा अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव

अक्टोबर २० बाट सुरु भएको महोत्सव एक साता चल्नेछ। रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एसिया प्रवेश गर्ने मूलद्वार मानेको छ। त्यसैले केरुङलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन, व्यापार व्यवसाय बढाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गरिएको चिलोङ काउन्टिका मजिस्ट्रेड हु हुङले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपालका२० वटा हाइड्रो पावरमा लगानी गर्न बंगलादेशको चासो
विस्तृत विषय2019-10-23 14:54September 18 2020 22:47:43

नेपालका२० वटा हाइड्रो पावरमा लगानी गर्न बंगलादेशको चासो

बंगलदेशले नेपालका कम्तीमा २० वटा जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ। मंगलबारदेखि सुरु भएको नेपाल-बंगलादेश प्राविधिक समितिको बैठकमा उनीहरूले यस्तो इच्छा प्रकट गरेका कान्तिपुर अनलाइलने लेखेको छ।

काष्ठमण्डप पुनर्निर्माणमा पुरानै प्रविधि र शैली
विस्तृत विषय2019-10-23 14:51September 18 2020 22:47:43

काष्ठमण्डप पुनर्निर्माणमा पुरानै प्रविधि र शैली

काष्ठमण्डप पुनर्निर्माणमा पुरातात्विक सामग्री प्रयोग, परम्परागत प्रविधि र परम्परागत शैलीलाई प्राथमिकता दिइएको सरोकारवालाहरूले बताएका छन्। काष्ठमण्डपको कार्य प्रगति, आर्थिक विवरण र अगामी कार्य योजनाबारे सर्वसाधारणलाई जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा उक्त कुरा बताइएको सेतोपाटी अनलाइनले लेखेको छ।

नेपालमा स्नातकोत्तरमा सुरुङ इन्जिनियरिङको अध्ययन सुरु
विस्तृत विषय2019-10-23 14:49September 18 2020 22:47:43

नेपालमा स्नातकोत्तरमा सुरुङ इन्जिनियरिङको अध्ययन सुरु

नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै स्नातकोत्तर तहमा यो विषय पढाइने भएको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पोखराको पश्चिमाञ्चल क्याम्पसले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेको कान्तिपुर अनलाइनले लेखेको छ।

असंलग्नको मूल्यप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ
विस्तृत विषय2019-10-23 14:48September 18 2020 22:47:43

असंलग्नको मूल्यप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलनले तय गरेका विश्व शान्ति, न्याय र समानताका सूत्र एवं मूल्यहरूप्रति आजका दिनमा पनि प्रतिबद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले भन्नुभयो

साउनदेखि नेपालका सबै स्थानीय तहमा एम्बुलेन्स सेवा अनिवार्य
विस्तृत विषय2019-10-22 16:38September 18 2020 22:47:43

साउनदेखि नेपालका सबै स्थानीय तहमा एम्बुलेन्स सेवा अनिवार्य

नेपालमा आर्थिक वर्ष २०७६/७७ सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एम्बुलेन्स सेवालाई अनिवार्य बनाएको छ। सरकारी प्रावधानलाई मान्ने हो भने ७५३ वटै स्थानीय तहमा अब एम्बुलेन्स सेवा अनिवार्य हुनुपर्ने रातोपाटी अनलाइनले लेखेको छ।

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस
विस्तृत विषय2019-10-22 16:37September 18 2020 22:47:43

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ साढे सात बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

अन्तर्राष्ट्रिय वित्त निगमलाई लगानीका क्षेत्रबारे जानकारी
विस्तृत विषय2019-10-22 16:34September 18 2020 22:47:43

अन्तर्राष्ट्रिय वित्त निगमलाई लगानीका क्षेत्रबारे जानकारी

नेपालका अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लाई नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्‌का अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको छ।

चिनियाँ नायिका स्वी छिङद्वारा पोखरा भ्रमण
विस्तृत विषय2019-10-22 16:29September 18 2020 22:47:43

चिनियाँ नायिका स्वी छिङद्वारा पोखरा भ्रमण

नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ शनिबार पोखरा पुग्नु भएको छ। काठमाडौंमा सदभावना दूत घोषणा भएलगत्तै उहाँ पोखरा पुग्नु भएको हो।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सुरु
विस्तृत विषय2019-10-21 14:33September 18 2020 22:47:43

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सुरु

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण कार्य आज (सोमबार) देखि सुरु भएको छ। आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका- १ टुटेपाखामा सुरुङमार्ग र फ्लाई ओभरको शिलान्यास गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ। यो सडकतर्फ पहिलो सुरुङमार्ग हो।

पुष्पमेलामा ५० लाख भन्दा बढीको कारोबार
विस्तृत विषय2019-10-21 14:32September 18 2020 22:47:43

पुष्पमेलामा ५० लाख भन्दा बढीको कारोबार

शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औं पुष्प मेलामा साँढे ५६ लाख रुपियाँको कारोबार भएको रातोपाटी अनलाइनले लेखेको छ। चारदिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतवार तेस्रो दिनमा नै साढे ५६ लाख रुपियाँको कारोबार भएको फ्यानका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान