चिनियाँ कम्पनीद्वारा १२८ दिनअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सम्पन्न
विस्तृत विषय2019-12-30 16:02July 08 2020 09:51:42

चिनियाँ कम्पनीद्वारा १२८ दिनअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सम्पन्न

चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ करपोरेसन (एभिक इन्टरनेसनल) ले मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थलको ३१ वर्ष पुरानो धावनमार्ग जीर्णोद्धारको काम समयसिमाभन्दा १ सय २८ दिनअघि नै सम्पन्न गरेको छ।

बाख्राको दूध प्रतिलिटर हजार रुपैयाँ
विस्तृत विषय2019-12-30 16:00July 08 2020 09:51:42

बाख्राको दूध प्रतिलिटर हजार रुपैयाँ

झापाका एकजना बाख्रापालक किसानले बाख्राको दूध बेचेर मनग्य आम्दानी गरेका छन्। बिर्तामोड नगरपालिका-३ स्थित शिव कृषि फार्मका सञ्चालकले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका हुन्। फार्मका सञ्चालक दिनेश ओझाले एक महिनामा करिब १० हजार रुपैयाँको बाख्राको दूध बिक्री गर्नु भएको कारोबार अनलाइनले लेखेको छ। डेंगु रोग लागेका बिरामीका लागि भन्दै मानिस बाख्राको दूध लिन उहाँको फार्ममै पुग्ने गरेका छन्।

तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत
विस्तृत विषय2019-12-30 15:59July 08 2020 09:51:42

तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

नेपालको लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ। बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मस्र्याङ्दी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली -३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

असारसम्ममा मेलम्चीको पानी सुन्दरीजल ल्याइने
विस्तृत विषय2019-12-30 15:58July 08 2020 09:51:42

असारसम्ममा मेलम्चीको पानी सुन्दरीजल ल्याइने

चिनियाँ कम्पनीले निर्माण गरिरहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ ९३ प्रतिशत सकिएको छ। २९ मंसिर २०७५ मा इटालियन कम्पनी सिएमसी आयोजना निर्माणबाट बाहिरिँदा सुरूङ फिनिसिङ ९० प्रतिशत सकिएको थियो।

बुधबार काठमाडौँ उपत्यका वर्षकै सबैभन्दा चिसो
विस्तृत विषय2019-12-26 14:41July 08 2020 09:51:42

बुधबार काठमाडौँ उपत्यका वर्षकै सबैभन्दा चिसो

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बुधबार बढी चिसो महसुस गरिएको छ। उपत्यकाको न्यूनतम तापक्रम बुधबार २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो। यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो।

अब आम्दानीको ५० % मात्र ऋण पाइने
विस्तृत विषय2019-12-26 14:41July 08 2020 09:51:42

अब आम्दानीको ५० % मात्र ऋण पाइने

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ। आवधिक, घर तथा हायर पर्चेज कर्जामा आफ्नो आम्दानीको ५० प्रतिशतभन्दा बढी ऋणीले लिन नपाइने भएको छ । राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ५० प्रतिशत कायम गरेपछि यस्तो अवस्था आएको हो । उक्त व्यवस्था कार्यान्वयनका लागि मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको ईकान्तिपुरले लेखेको छ।

भोटेकोसीले थाल्यो व्यावसायिक उत्पादन
विस्तृत विषय2019-12-26 14:39July 08 2020 09:51:42

भोटेकोसीले थाल्यो व्यावसायिक उत्पादन

२०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि चार वर्षसम्म बन्द रहेको भोटेकोसी जलविद्युत् आयोजनाले पुनः व्यावसायिक उत्पादन थालेको छ। पुनर्निर्माण सकेर १५ दिनको परीक्षण सफल भएपछि सो आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको छ। आयोजनाले गत मङ्सिर २१ गतेबाट परीक्षण उत्पादन थालेको गोरखापत्रअनलाइनले लेखेको छ।

गाई फर्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन
विस्तृत विषय2019-12-26 14:37July 08 2020 09:51:42

गाई फर्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन

दूध उत्पादनमा विश्वमै तेस्रो स्थानमा रहेको चीनले गाई फार्ममा उच्चतम् प्रविधिको प्रयोग गरेको छ। दूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ। विश्वमै प्रविधिका विकास गरेर चमत्कार गरेको चीनले कृषि क्षेत्रमा विस्तारलाई पनि त्यस्तै प्रगति गरेको छ। यसको उदाहरण चीनको खबे प्रान्तमा सञ्चालित जुन्लेवाओ डेरी उद्योग तथा गाई फार्म भएको कारोबार दैनिकले लेखेको छ।

बाँकेमा पर्यटकीय गन्तव्यको पहिचान
विस्तृत विषय2019-12-25 14:59July 08 2020 09:51:42

बाँकेमा पर्यटकीय गन्तव्यको पहिचान

नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवर्द्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ। जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो।

चिसो बढेपछि सुनसान बन्यो हिल्सा नाका
विस्तृत विषय2019-12-25 14:57July 08 2020 09:51:42

चिसो बढेपछि सुनसान बन्यो हिल्सा नाका

चिसो बढेपछि हुम्ला जिल्लाको उत्तरी क्षेत्रको हिल्सा नाका सुनसान देखिन थालेको छ। नेपाल-चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो।

एक महिनामै रेल आउँदै
विस्तृत विषय2019-12-25 14:55July 08 2020 09:51:42

एक महिनामै रेल आउँदै

नेपालको राष्ट्रिय झण्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने भएको छ। पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिएका हुन्। नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा रहेको गोरखापत्रअनलाइनले लेखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान