आगामी हिउँदमा भारतबाट थप बिजुली ल्याएर लोडसेडिङ हुन नदिने तयारी
विस्तृत विषय2017-07-26 14:35July 27 2017 14:42:25

आगामी हिउँदमा भारतबाट थप बिजुली ल्याएर लोडसेडिङ हुन नदिने तयारी

विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ। भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन्।

नेपालका थप ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमति
विस्तृत विषय2017-07-26 14:30July 27 2017 14:42:25

नेपालका थप ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमति

सरकारले आर्थिक वर्ष २०७३/७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको छ।

द्विपक्षीय परामर्श संयन्त्र'मार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइने
विस्तृत विषय2017-07-26 14:20July 27 2017 14:42:25

द्विपक्षीय परामर्श संयन्त्र'मार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइने

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकका 'द्विपक्षीय परामर्श संयन्त्र'मार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइने बताउनुभएको छ।

चीनको बेल्ट एन्ड रोड कार्यक्रम तत्काल सुरू गर्नुपर्ने नेपालका पूर्वप्रधानमन्त्रीको भनाइ
विस्तृत विषय2017-07-26 14:13July 27 2017 14:42:25

चीनको बेल्ट एन्ड रोड कार्यक्रम तत्काल सुरू गर्नुपर्ने नेपालका पूर्वप्रधानमन्त्रीको भनाइ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को अवधारणा यस क्षेत्र (एसिया) को विकास सँगसँगै गर्नु रहेको प्रस्ट्याउँदै नेपालले यसमा तत्काल काम थाल्नुपर्ने बताउनुभएको छ।

काठमाडौंस्थित चिनियाँ विज्ञान एकेडेमीका नयाँ कर्मचारीको लागि तालिमको आयोजना
विस्तृत विषय2017-07-25 16:21July 27 2017 14:42:25

काठमाडौंस्थित चिनियाँ विज्ञान एकेडेमीका नयाँ कर्मचारीको लागि तालिमको आयोजना

काठमाडौंस्थित चिनियाँ विज्ञान एकेडेमी अन्तर्गत वैज्ञानिक शिक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि विद्यालय, प्रयोगात्मक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले 23 तारिखदेखि 24 सम्म संयुक्त रुपमा “सन् 2017 त्रिभुवन विश्वविद्यालयका नयाँ कर्मचारीका लागि तालिम कक्षा”को संयोजन गरेका छन्।

पूर्वी नेपालको सुनसरी मोरङ औद्योगिक करिडोरमा नयाँ उद्योग थपिने
विस्तृत विषय2017-07-25 16:16July 27 2017 14:42:25

पूर्वी नेपालको सुनसरी मोरङ औद्योगिक करिडोरमा नयाँ उद्योग थपिने

पूर्वी नेपालको सुनसरी मोरङ औद्योगिक करिडोरमा नयाँ उद्योग थपिने क्रम बढेको छ। सिमेन्ट, स्टिल, खाने तेल, चाउचाउ, टायर, प्लास्टिक उद्योग थपिएका हुन्। उद्योगी राजेन्द्र राउत, मनीष मारू, प्रदीप मुरारकाले सिमेन्ट उद्योगमा लगानी गर्दै छन् भने विशाल ग्रुपका जगदीश राठी र तुलसीराम राठीले टायर उद्योगमा लगानी गरेका छन्।

नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमण विगतका सम्झौता समीक्षामा केन्द्रित
विस्तृत विषय2017-07-25 15:23July 27 2017 14:42:25

नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमण विगतका सम्झौता समीक्षामा केन्द्रित

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण नेपाल-भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन समीक्षामा केन्द्रित हुने भएको छ। परराष्ट्र मन्त्रालय अधिकारीका अनुसार विगतमा भएका सन्धि-सम्झौताको कार्यान्वयन समीक्षा र द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने विषयमा भ्रमणमा छलफल हुनेछ। देउवा अगस्ट तेस्रो साता भारत जाने भनिए पनि ठोस मिति तय भइनसकेको अधिकारीहरू बताउँछन् । भ्रमणका एजेन्डाबारे छलफल गर्न यही साता परराष्ट्र, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र भौतिक योजना मन्त्रालयका अधिकारीहरूको बैठक बसेको थियो।

नेपालको संसदद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक पारित
विस्तृत विषय2017-07-25 15:02July 27 2017 14:42:25

नेपालको संसदद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक पारित

व्यवस्थापिका संसदले योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक बहुमतले पारित गरेको छ। संसदको सोमबारको बैठकमा श्रममन्त्री फर्मुल्लाह मन्सुरले विधेयक निर्णयार्थ पेश गरेलगतै संसदले अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिको सुझावहरुलाई समेट्दै योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक बहुमतले पारित गरेको अनलाइन खबरले जनाएको छ।

गत आर्थिक वर्षमा ३३ वटा मुलुकहरूसँग नेपालको व्यापार घाटा
विस्तृत विषय2017-07-25 15:00July 27 2017 14:42:25

गत आर्थिक वर्षमा ३३ वटा मुलुकहरूसँग नेपालको व्यापार घाटा

गत आर्थिक वर्षमा ३३ वटा मुलुकहरूसँग १ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ। उच्च दरमा विभिन्न सामग्रीहरू आयात र न्यून दरमा नेपालका सामग्रीहरू निर्यात भएपछि ३३ मुलुकसँग उक्त व्यापार घाटा देखिएको हो। आर्थिक वर्ष ०७२/७३ मा १ अर्बभन्दा बढी व्यापार घाटा हुने मुलुकको संख्या २९ रहेको थियो। ०७१/७२ मा भने २८ वटा मुलुकसँग मात्रै व्यापार घाटा भएको थियो। ईकान्तिपुर अनलाइनका अनुसार यो आधारमा बढी व्यापार घाटा हुने मुलुकको संख्या क्रमश: बढ्दो क्रममा रहेको देखिन्छ।

भारतीय लगानी आकर्षित गर्न 'नेपाल-भारत लगानी सम्मेलन' गरिने
विस्तृत विषय2017-07-24 15:56July 27 2017 14:42:25

भारतीय लगानी आकर्षित गर्न 'नेपाल-भारत लगानी सम्मेलन' गरिने

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले 'नेपाल-भारत लगानी सम्मेलन' गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो।

नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत नेपाली वैदेशिक रोजगारी
विस्तृत विषय2017-07-24 15:52July 27 2017 14:42:25

नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत नेपाली वैदेशिक रोजगारी

नेपालको श्रम बजारमा उत्पादन भएको नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा बाहिरिएका छन्। अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणअनुसार प्रत्येक बर्ष ५ लाख नयाँ श्रमशक्ति उत्पादन हुने गरेको छ।

नेपाली हस्तकलाका सामान निर्यात हुने देशहरूमा पहिलो अमेरिका, दोश्रो चीन
विस्तृत विषय2017-07-24 15:49July 27 2017 14:42:25

नेपाली हस्तकलाका सामान निर्यात हुने देशहरूमा पहिलो अमेरिका, दोश्रो चीन

आर्थिक वर्ष २०७३/०७४ मा रु चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ। नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान