नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

लुम्बिनी भ्रमणमा १५ लाख पर्यटक

2020-01-05 18:32:42

लुम्बिनी भ्रमणमा १५ लाख पर्यटक

    नेपालकै प्रमुख पर्यटकीय गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढ्दै गएको छ। सन् २०१९ मा साढे १५ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। लुम्बिनी विकास कोषको तथ्यांअनुसार नेपाली, भारतीय र तेस्रो मुलुकका गरी १५ लाख ५८ हजार ३२६ पर्यटकले लुम्बिनी भ्रमण गरेका नेपाल खबर अनलाइनले लेखेको छ।

    यो अघिल्लो वर्ष सन् २०१८ भन्दा १ दशमलब ५८ प्रतिशत अर्थात् २४ हजार २१६ जनाले बढी हो। सन् २०१९ मा नेपाली, भारतीय र तेस्रो मुलुकका गरी १५ लाख ३४ हजार ११० पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए। कोषका सूचना अधिकृत राजन बस्नेतकाअनुसार २०१९ मा नेपाली ११ लाख ७८ हजार १४०, भारतीय २ लाख ६ हजार १७१ र तेस्रो मुलुकका १ लाख ७४ हजार १५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

    २०१८ मा नेपाली ११ लाख ७० हजार ५७१, भारतीय १ लाख ९३ हजार ६३५ र तेस्रो मुलुकका १ लाख ६९ हजार ९०४ जना पर्यटक लुम्बिनी पुगेका थिए। २०१९ मा तेस्रो मुलुकमा सबैभन्दा बढी श्रीलंकन पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। गत वर्ष श्रीलंकाका ४७ हजार ५०७ जनाले लुम्बिनी भ्रमण गरेका छन्। यस्तै, म्यान्मारका ३० हजार ७९१, थाइल्याण्डका २८ हजार ३६४, चीनका २१ हजार २६९ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

    यसैगरी भियतनामका ८ हजार ३४५, दक्षिण कोरियाका ६ हजार १४५, जर्मनीका ३ हजार ३०६, जापानका २ हजार ५६, अमेरिकाका २ हजार ४७ र फ्रान्सका २ हजार १७ पर्यटक लुम्बिनी आएका छन्। यो वर्ष १ सय बढी मुलुकका पर्यटक लुम्बिनी आएका छन्।

    यहाँ आउने अधिकांश पर्यटक लुम्बिनीबाटै फर्किन्छन्। केही भने पोखरा, चितवन, मनाङ, मुस्ताङ र काठमाडौंसम्म पुग्ने गरेका छन्। कतिपय लुम्बिनी र पोखरा घुमेर स्वदेश फिर्ता हुने गर्छन्। पर्यटक आगममा बृद्धि भए पनि लुम्बिनी क्षेत्रका व्यवसायीले भने खासै फाइदा लिन सकेका छैनन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान