तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चितवनमा हात्ती फुटबल खेल

2020-01-04 15:23:26

चितवनमा हात्ती फुटबल खेल

    निर्णायकले सिठ्ठी बजाएसँगै माउते रामदयाल चौधरीले आफ्नो हात्ती रिमझिम कलीलाई एक कदम अगाडि बढाउनुभयो र काँधमा बेस्सरी खुट्टाले ठेल्दै भन्नुभयो, 'मार गोल गर।' रिमझिम कलीले पनि बुझेँझैँ गरी आफ्नो दाहिने खुट्टाले भुइँमा रहेको बललाई बेस्सरी हानी। बल गोलपोस्टमा चुम्न पुग्यो। अनि दर्शकमा खुसीको सीमा रहेन। चिच्याए। कराए। अनि रमाइलो गर्दै उफ्रिए।
पर्यटकीय नगरी सौराहामा हुने हात्तीका विभिन्न खेलमध्ये हात्ती फुटबल प्रतियोगिताको एक दृश्य हो, यो। प्रतियोगिताको सेमिफाइनल सम्पन्न भयो। नेपाल ट्रेकिङ एजेन्सी सङ्घ र मीना ओल्ड मुम्बईबीच खेल भएको गोरखापत्र अनलाइनले लेखेको छ। चौध मिनेटको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेन। पेनाल्टी सुटआउटका आधारमा प्रतियोगिताको निर्णय गर्नुपर्ने भयो। दुवै टिमका तीन-तीनवटा हात्तीलाई पेनाल्टी सुट हान्न दिइयो। पाँचवटा हात्तीले गोल गर्न नसकेपछि खेलाडीदेखि दर्शकसम्म निराश थिए। छैटौँ खेलाडीका रूपमा मैदानमा छिरेको सात वर्षीया रिमझिम कलीले माउते चौधरीको सङ्केतमा गोल गरी। जुन खेलको निर्णयक गोल बन्यो। गोल गरेपछि खुसी हुँदै माउते चौधरीले भन्नुभयो, 'गोल गर्न नसक्दा सबै निराश भएका थियौँ। यो गोलले खेलमैदानमै खुसी ल्याएको छ।'
रिमझिम कली त्यही अनुभवी हात्ती हो, जुन अघिल्लो वर्षको हात्ती फुटबल प्रतियोगितामा सात गोल गर्दै 'बेस्ट प्लेयर' घोषित भएकी थिई। विगत बाह्र वर्षदेखि हात्तीको माउते रहनुभएका रिमझिम कलीका माउते चौधरी भन्नुहुन्छ, “खेल खेल्दा हात्तीलाई धपेडी हुनु त छँदै छ, हात्तीमाथि अडिएर बस्दै हात्तीलाई नियन्त्रणमा लिएर खेल्नु पनि जोखिम नै छ।”

1234...>

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान