तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

विश्वकै नमुना शालिग्राम सङ्ग्रहालय निर्माण

2020-01-04 15:21:21

विश्वकै नमुना शालिग्राम सङ्ग्रहालय निर्माण

    हिन्दू धर्मावलम्बीले पुज्ने गरेको शालिग्रामको संरक्षण र प्रवद्र्धन गर्न बागलुङमा विश्वकै नमुनाका रूपमा सुरुङभित्र सङ्ग्रहालय निर्माण गरिएको छ। कालीगण्डकी नदीमा मात्र पाइने हिन्दूको पुज्य साढे एक लाख शालिग्राम, गण्डकी सभ्यता, विश्वका विभिन्न नदीमा पाइने शिला सङ्ग्रहित गरिएको सङ्ग्रहालय विश्वकै नमुना सङ्ग्रहालयका रूपमा दाबी गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

    करिब एक सय मिटर लामो सुरुङभित्र निर्माण गरिएको सङ्ग्रहालयमा विभिन्न पुराणहरूमा लेखिएका दुर्लभ शालिग्रामका शिला, विश्वका विभिन्न नदीमा पाइने शिलासँगै गण्डकी सम्पूर्ण पहिचान दिने गरी त्रिवेणीधामदेखि मुक्तिनाथसम्मको छ सय किलोमिटर दूरीलाई ८० मिटरको फ्रेममा अध्ययन गर्न मिल्ने बनाइएको छ।

    बागलुङ नगरपालिका-४, कुँडुलेस्थित रङ्गबेङ्कटेश मुक्तिनाथ मन्दिर, मुिक्तनाथ वेदविद्याश्रम, तिरुपति बालाजीधाम मन्दिर परिसरमा निर्माण गरिएको सङ्ग्रहालय भावी पुस्ताका लागि अध्ययनको गन्तव्य बन्न सक्ने स्वामी प्रपन्नाचार्यले जानकारी दिनुभयो।
करिब छ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारबाट ८० लाख रुपियाँ र बागलुङ नगरपालिकाबाट १० लाख रुपियाँ विनियोजन
गरेको थियो।

    कालीगण्डकी नदीको सभ्यतालाई परिचित गराउनका लागि कालीगण्डकी नदीको आठ-दस किलोमिटर दायाँबायाँ रहेका सहर, बजार, नदीनाला, धार्मिक स्थल, त्यस क्षेत्रमा पाइने वन्यजन्तुका बारेमा प्रस्ट्याउने प्रयास गरिएको छ।वैष्णव तथा अन्य सनातनीले विष्णुको अवतारका रूपमा पुज्दै आएका शालिग्राम संरक्षण तथा त्यसको महŒवलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालय निर्माण गरिएको स्वामी प्रपन्नचार्यले बताउनुभयो।
मानव निर्मित सुरुङभित्र श्रीधराचार्य खण्ड, गण्डकी खण्ड, शालिग्राम खण्ड निर्माण गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान