तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाइ लिएको नेपालका लागि चिनियाँ राजदूतको भनाइ

2020-01-04 15:18:58

नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाइ लिएको नेपालका लागि चिनियाँ राजदूतको भनाइ

    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल-चीनवीचको सम्बन्धबारे मात्र चर्चा गर्नुभयो। पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले सन् २०१९ मा नेपाल र चीनवीचको सम्बन्ध विशेष प्रगाढ बनेको बताउनुभयो। यसक्रममा उहाँले नेपालमा भइरहेको चिनियाँ सहयोगको तथ्यांकसमेत प्रस्तुत गर्नुभएको अनलाइन खबरले लेखेको छ। 'सन् २०१९ एउटा त्यस्तो वर्ष हो, जहाँ चीन-नेपाल सम्बन्ध चौतर्फी रुपमा फूलेको छ,' राजदूतले होउले भन्नुभयो, 'द्विपक्षीय सम्बन्धले राजनीति, अर्थतन्त्र, व्यापार र जनता-जनतावीचको सहयोग सम्बन्धमा तीव्र विकास हासिल गरेको छ।'

    चिनियाँ सहयोगका तथ्यांकहरुको चर्चा गर्दै चिनियाँ राजदूत होउले सन् २०१८/१९ मा नेपालमा ११ करोड ४० लाख अमेरिकी डलर -१३ अर्ब रुपैयाँ भन्दा बढी ) चिनियाँ लगानी भित्रिएको बताइन्। यो लगानी चारवर्ष यताको सबैभन्दा बढी भएको होउले बताउनुभयो।

    त्यसैगरी चीन र नेपालवीचको व्यापारको भोल्युम ३६.१ प्रतिशतले बढेको बताउँदै राजदूत होउले दुईदेशवीच १ अर्ब २० करोड अमेरिकी डलर (करिब १ खर्ब ३७ अर्ब नेपाली रुपैयाँ) बराबरको व्यापार भएको बताइन्। नेपालबाट चीन निर्यात हुने वस्तुको व्यापार पछिल्लो १० महिनामा ५८.१ प्रतिशतले बढेको चिनियाँ राजदूतले हिसाब सुनाउनुभयो।

    चीनका लागि इञ्जिनियरिङ एवं निर्माणको क्षेत्रमा नेपाल राम्रो बजार रहेको राजदूतको तर्क छ। त्रिभुवन विमानस्थलको रनवे र ट्याक्सी वे, काठमाडौंको रिङरोड, भैरहवाको गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल लगायतको निर्माणमा चीन सघाइरहेको राजदूतले स्मरण गर्नु भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान