तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ

2020-01-02 16:50:37

नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ

    नेपाल भ्रमण वर्ष २०२० को बुधबार भव्य कार्यक्रमका बीच शुभारम्भ गरिएको छ। राष्ट्रिय र क्षेत्रीय स्तरमा संघीय र प्रादेशिक सरकारले मुलुकका विभिन्न स्थानमा भ्रमण वर्षको विधिवत शुभारम्भ गरेका कारोबार अनलाइनले लेखेको छ।

    काठमाडौंको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो। विभिन्न झाँकी र साँष्कृतिक कार्यक्रमपछि उहाँले विधिवत उद्घाटन गर्नुभएको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले प्रकृतिलाई मासेर नभई जोगाएर मात्र नेपालको पर्यटन विकास गर्नुपर्ने बताउनुभयो। उहाँले दुई दशकदेखि शिथिल नेपालको आर्थिक सामाजिक अवस्था अब पर्यटनका माध्यमबाट उकास्नुपर्ने बताउनुभयो। सबैको सहयोग र सहभागिताबाट भ्रमण वर्ष महाभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले यसलाई सफल पार्न सबै नेपालीलाई एक जुट हुन आह्वान पनि गर्नुभयो। पर्यटनलाई आर्थिक आधारका रुपमा लिई मुलुकको योजनाबद्ध पर्यटन विकासमा जोड दिँदै उहाँले यसका लागि स्रोत र साधनको उपयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभयो, “वसुधैव कुटुम्बकमको मान्यताबाट प्रेरित भई विश्व शान्ति, मानवता र भ्रातृत्वका लागि नेपालीहरू एकजुट हुनुपर्छ।”

    राष्ट्रपति भण्डारीले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको र यहाँ सगरमाथा, लुम्बिनी, चितवन, अन्नपूर्णबाहेक अन्य थुप्रै पर्यटन गन्तव्य भएको बताउँदै पर्यटन विकासका लागि प्राकृतिक, सांस्कृतिक, पर्यावरणीयमैत्री र भौतिक विकास गर्नुपर्नेमा जोड दिनुभयो। पर्यटकलाई देशभित्रै उत्पादन भएका वस्तु खानपान र प्रयोग गराउनुपर्ने सुझाव पनि उहाँको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान