तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुको संख्या वृद्धि

2020-01-01 16:20:42

    नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन्। विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्ममा अन्तर्राष्ट्रियतर्फ ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिएको कारोबार अनलाइनले लेखेको छ।

    आन्तरिकतर्फ अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रु विमानस्थलले ह्यान्डल गरेकोमा डिसेम्बरसम्म ३३ लाख पुग्ने अनुमान गरिएको छ।
सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ३८ लाख ८७ हजार ८४५ यात्रु रहेकोमा २०१८ मा यो संख्या ११.७ प्रतिशतले वृद्धि भइ ४३ लाख ४२ हजार ४८६ पुगेको थियो। आन्तरिक उडानतर्फ भने सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएकोमा २०१८ मा १६.१६ प्रतिशतले वृद्धि भइ २८ लाख ४७ हजार ७५२ पुगेको थियो। यसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा कुल हवाई यात्रु १३.४२ प्रतिशतले वृद्धि भइ जम्मा ७१ लाख ९० हजार २३८ पुगेको जनाइएको छ।
प्राधिकरणको २१ औं वार्षिकोत्सव समाहरोलाई सम्बोधन गर्दै महानिर्देशक राजन पोखरेलले भन्नुभयो, “यात्रु घट्नुमा अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रु घट्नुको पछाडि नेपालमा उडानरत केही ठूला वायुसेवा कम्पनीको उडान बन्द हुनु, मलेशियाको रोजगारीमा समस्या देखिनु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग तथा ट्याक्सीमार्ग मर्मत सम्भारका कारण सञ्चालन समय प्रभावित हुनुलाई कारण मान्न सकिन्छ।”
यस वर्ष नेपाल एयरलाइन्सले जापानको ओसाकामा नियमित उडान प्रारम्भ गरेको छ भने हिमालय एयरलाइन्सले बंगलादेशको ढाका र चीनको बेइजिङमा नियमित उडान प्रारम्भ गरेको छ। विदेशी वायुसेवामा कुवेतको जजिरा एयरले कुवेत काठमाडौं हवाई सेवा सञ्चालन गरेको छ। भारतको भिस्ताराले काठमाडौं र नयाँदिल्लीवीच जनवरी १५ देखि उडान गर्दैछ। भारतकै इण्डिगो एयरले नयाँदिल्ली र काठमाडौंबीच दैनिक १ उडान गर्दै आएकोमा अहिले ३ उडान थप गरी दैनिक ४ उडान गरिरहेको महानिर्देशक पोखरेलले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान