नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी पाँच वर्षभित्र सवै कृषियोग्य जमीनमा सिँचाइ पुर्याउने लक्ष्य अघि सारेको छ। जलस्रोतको अधिकतम उपयोग गरी कृषियोग्य जमीनमा वर्षैभरी भरपर्दो सिँचाइ सेवा पु-याउने गरी पाँच वर्षे योजना अघि सारेको कारोबार अनलाइनले लेखेको छ। कुल १ करोड ४७ लाख १८ हजार एक सय हेक्टर कुल क्षेत्र रहेकोमा नेपालमा कुल कृषियोग्य क्षेत्रफल २६ लाख ४१ हजार हेक्टर र कुल सिञ्चाइ योग्य क्षेत्रफल १७ लाख ६६ हजार हेक्टर छ। मन्त्रालयका अनुसार हालसम्म सतह सिँचाइबाट ९ लाख ९६ हजार ९ सय १७ हेक्टरमा र भूमिगत सिँचाइबाट ४ लाख ७९ हजार ८ सय १४ हेक्टर गरी १४ लाख ७६ हजार ७ सय ३१ हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी पाँच वर्षभित्र सवै कृषियोग्य जमीनमा सिँचाइ पु-याउने लक्ष्य अघि सारेको छ।
जलस्रोतको अधिकतम उपयोग गरी कृषियोग्य जमीनमा वर्षैभरी भरपर्दो सिँचाइ सेवा पु-याउने गरी पाँच वर्षे योजना अघि सारेको हो। कुल १ करोड ४७ लाख १८ हजार एक सय हेक्टर कुल क्षेत्र रहेकोमा नेपालमा कुल कृषियोग्य क्षेत्रफल २६ लाख ४१ हजार हेक्टर र कुल सिञ्चाइ योग्य क्षेत्रफल १७ लाख ६६ हजार हेक्टर छ।