तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालको पर्यटन उद्योगमा ४ अर्ब विदेशी लगानी

2020-01-01 16:16:15

नेपालको पर्यटन उद्योगमा  ४ अर्ब विदेशी लगानी

    नेपालका बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा सवा खर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। यो गत कात्तिकसम्म पर्यटन र होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी हो। जसमध्ये चालु वर्षको चार महिनामा मात्र यो क्षेत्रमा थप साढे ९ अर्ब रुपैयाँ लगानी विस्तार भएको कान्तिपुर अनलाइनले लेखेको छ। यो भ्रमण वर्ष २०२० को आसपासमा गरिएको लगानी हो। भ्रमण वर्षका कारण पछिल्ला महिनामा यो क्षेत्रमा लगानी बढेको छ। 

    गत असारको तुलनामा गएको चार महिनामा पर्यटन क्षेत्रमा वित्तीय संस्थाको लगानी करिब साढे ८ प्रतिशतले बढेको छ। २०७५ कात्तिकसम्म यस्तो लगानी करिब साढे ११ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिकसम्म पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। गत आवको सोही अवधिमा यस्तो लगानी ९५ अर्ब ८५ करोड रुपैयाँ थियो।

    होटल, ट्रेकिङ, रिसोर्टलगायत क्षेत्रबाट ऋणको माग बढेको, निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनलगायत कारण यो क्षेत्रमा वित्तीय संस्थाको लगानी बढेको बैंकरहरू बताउँछन्।

    'राष्ट्र बैंकले प्राथमिकता क्षेत्रमा राखेपछि पर्यटन क्षेत्रमा लगानी बढेको छ,' बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भन्नुभयो, 'ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक भित्र्याएर यसलाई दिगो बनाउने चुनौती छ।' काठमाडौं उपत्यकामा मात्र नभएर मोफसलका प्रमुख सहरमा पनि पर्यटनमा लगानी बढेको उहाँले जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान