तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

सौराहामा सुरु भयो हात्ती पोलो

2019-12-31 17:16:44

सौराहामा सुरु भयो हात्ती पोलो

    चितवनको सौराहामा नयाँ वर्षका अवसरमा हात्तीपोलो आयोजना हुने गर्दछ। यो पटक १६ औं हात्ती महोत्सवचलिरहेको छ। १३ औं हात्ती महोत्सवदेखि हात्ती पोलो खेल पनि सुरु भएको छ। यो पटक पोलोमा चार टिम सहभागी छन्। सोमबार भएको पहिलो खेलमा खैरहनी नगरपालिकाले कालिका नगरपालिकालाई पराजित गरेकोकान्तिपुर अनलाइनले लेखेको छ। खैरहनीले पाँच गोल गर्‍यो। कालिकाले गोल गर्न सकेन। हात्तीमाथि बसेर पोलो स्टीकको सहयोगले क्रिकेट बल आकारको बललाई पोस्टतर्फ हुत्याउँदै यो खेल खेलिन्छ।

    हात्ती महोत्सवमा पोलो खेल नराख्न अन्तर्राष्ट्रिय स्तरको पशुकल्याणकारी संस्था पेटाले अपिल गर्दै आएको छ। पेटाकै अपिलका आधारमा पोलोका लागि प्रायोजकसमेत जुटेन। तर अयोजकहरुले स्थानीय तहलाई सामेल गरेर पोलो खेल खेलाएका छन्। हात्ती पोलोमा मंगलबार राप्ती नगरपालिका र रत्ननगर नगरपालिका भिड्ने छन्। पोलोको फाइनल खेल शुक्रबार हुने छ। हात्ती महोत्सव पनि सोही दिन सकिने छ।

    त्यसैगरी सोमबार नै छावाहरुको फुटबल खेल पनि भएको छ। नाटा र भियना वर्ड मुम्बइबीच भएको छावा फुटबलमा नाटा विजयी भयो। निर्धारित सात मिनेट र थपिएको पाँच मिनेटभित्र पनि दुवै टिमले गोल गर्न सकेनन्। त्यसपछि भएको पेनाल्टी प्रहारमा अरु छावाले प्रहार गरेको बल गोलमा परिणत भएन। तर नाटाको सौराहा गजको बल पोस्टमा छिर्‍यो। उपाधिका लागि नाटाले शुक्रबार चितवन उद्योग संघसँग भिड्ने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान