नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

स्याउले धनी बन्दै कर्णाली

2019-12-31 17:16:04

    पछिल्लो समय सडक मार्ग खुलेसँगै स्याउ निर्यात सहज भएको छ। तर स्थानीय तहले स्याउ निर्यातमा कर लिने गरेकोले समस्या भइरहेको किसान बताउँछन्। उनीहरूका अनुसार प्रतिकेजी ४९ पैसा स्थानीय तहले कर लिँदै आइराखेका छन्।

    कालीकोटको तिलागुफा राँचुली, फोई, जुबिथा, छाप्रे, पाँखा, चौकी गाउँमा स्याउ फल्छ। रासकोट, नरहरिनाथ नगरपालिका र पलता गाउँपालिकामा पनि फल्छ। कालीकोटमा एक हजार हेक्टर क्षेत्रफलमा स्याउ खेती छ। नौ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन हुन्छ। स्थान अनुसार २५ देखि ५० रूपैयाँ प्रतिकेजीमा किनबेच हुने गरेको छ।

    यहाँ उत्पादित ९० प्रतिशत स्याउ निर्यात हुन्छ। कालीकोटको स्याउ पनि जुम्लाको अर्गानिक स्याउको नामले काठमाडौंको बजार पुग्छ। किसान स्याउ खेतीमा उत्साहित छन्। सरकारले पनि स्याउ केन्द्रित कार्यक्रम अघि बढाएको छ। कर्णालीमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालय स्थापना भएर काम गरिरहेको छ। कर्णालीभरी स्याउको क्षेत्रफल विस्तार कार्य चलिरहेको छ।

    कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगुका अधिकांश किसानले यसपटक स्याउको गुणस्तर र किसानको मेहनत अनुसारको मूल्य नपाएको गुनासो पोखेका छन्। जुम्ला, कालीकोट र मुगु जिल्लाबाट स्थलमार्ग हुँदै स्याउ ढुवानी भइरहेको छ। हुम्ला र डोल्पामा भने अहिले पनि जहाजबाटै निर्यात गरिरहनु परेको छ। यसले सबै किसानको स्याउ बजार लैजान सकिने अवस्था छैन। अहिले पनि माटोको खाल्डो बनाएर स्याउ भण्डारण गर्ने परम्परागत विधि कायमै छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान