नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

स्याउले धनी बन्दै कर्णाली

2019-12-31 17:16:04

    तत्कालीन कर्णालीका सबै जिल्लामा स्याउ उत्पादन भए पनि जुम्लामा सबैभन्दा धेरै छ। जुम्लाको स्याउ सिजनमा सुर्खेत, नेपालगन्ज, काठमाडौं, बुटवल, पोखरा लगायत ठूला सहर पुग्छ। 'जुम्लाको आम्दानीको स्रोत स्याउ हो,' कृषि कार्यालय जुम्लाका प्रमुख देवकोटा भन्नुहुन्छ, 'यहाँको समृद्धिको आधार स्याउ हो। स्याउमा लगानी अहिलको अपरिहार्यता नै हो।'

    प्रत्येक वर्ष ५० देखि एक सय हेक्टरसम्म स्याउ क्षेत्रफल थपिँदै गइरहेको छ। अर्गानिक स्याउ भएकोले बिरुवा उत्पादनमा रोगकिराको संक्रमण बढ्नु, रासायनिक विषादी प्रयोग गर्न नमिल्नु, हिउँदमा बगैंचा व्यवस्थापनको सिजनमा सबै तलतिर झर्नुले स्याउ उत्पादनमा केही चुनौती थपिएको छ। तर मौसम अनुकूल भएसम्म स्याउले राम्रै फल दिँदै आएको छ। कच्ची सडकका कारण समयमै बजार पुर्‍याउन नसक्नु, लामो समय स्याउ राख्न शीत भण्डार नहुनुले पनि समस्या भइरहेको किसान बताउँछन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाबाहिर निर्यात हुने कुल स्याउको १० प्रतिशत बाटोको कारण नष्ट हुने गरेको छ। कर्णालीमा स्याउको अनुसन्धान भइरहेको छ। स्याउ प्रशोधन उद्योग स्थापना भएर विभिन्न परिकार बनिरहेका छन्।

    अहिले कर्णालीबाट 'ए' र 'बी' ग्रेडको स्याउ मात्र बजार पुगेको छ। त्योभन्दा तलको स्याउबाट चाना, जाम, जेली, जुस र मदिरा बन्छ। स्याउबाट बनेका परिकार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको किसान बताउँछन्। जुम्ला कृषि कार्यालयले अझै पाँच हजार स्याउ बगैंचा थप्ने योजना बनाइसकेको छ। त्यसका लागि कृषि प्राविधिक फिल्डमा खटिसकेका छन्। पहिले ढुवानीको एकमात्र विकल्प जहाज मात्र थियो। त्यतिबेला यहाँको स्याउ कुहिन्थ्यो। जहाजबाट लैजाँदा बिग्रन्थ्यो। लामो समय सम्म भण्डारण गर्दा चाउरी पथ्र्यो। मूल्य निकै कम थियो। किसान स्याउ खेतीप्रति निकै निरुत्साहित थिए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान