तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

काठमाडौंमा मेट्रो रेल चलाउन डीपीआर तयार गरिँदै

2019-12-31 17:15:05

काठमाडौंमा मेट्रो रेल चलाउन डीपीआर तयार गरिँदै

    नेपाल सरकारले सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ। रेल विभागले पहिलोपटक काठमाडौंमा 'एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल'को डीपीआर बनाउन लागेको अनलाइन खबरले लेखेको छ।

    यसका लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिनुभयो। उहाँका अनुसार छनोट हुने कम्पनीले विस्तृतमा सर्भेसहितको डिजाइन तयार गर्नेछ।

    यो परियोजनामा डीपीआरका लागि विभागले चाइना रेल्वे सियुआन एन्ड डिजाइन ग्रुप, डीओएचडुब्लुए-डीएमईसी जेभी, सिस्त्रा मेनहाडर्ट जेभी, दोम उदय जेभी, बार्सिल-युसिन-एफसीबी जेभीलाई सर्ट लिस्टमा राखेको थियो। यीनै कम्पनीमध्ये एउटाले यो परियोजनाको डीपीआर तयार गरेर सरकारलाई बुझाउनेछ।

    यो रुटमा सन् २०११ मा विभागले सम्भाब्यता अध्ययन गरिसकेको छ। कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो। त्यसैगरी विभागले सातदोबाटोबाट खोकना र नारायणगोपालचोकबाट बूढानीलकण्ठसम्म पनि मेट्रो रेल बनाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ। त्यसका लागि विभागले परामर्शदाता छनोटको गर्न लागेको छ। सम्भाब्यता अध्ययनपछि मात्रै यी दुई खण्डको डीपीआर तयार गर्ने प्रक्रिया अघि बढ्नेछ।

    सरकारले दीर्घकालमा बूढानीलकण्ठ - नारायणगोपालचोक -रत्नपार्क -सातदोबाटो -खोकना खण्डमा मेट्रोरेल कुदाउने योजना बनाएको छ। लगानी बोर्डले २०७४ मा गरेको अध्ययनले निर्माण थालेको चार वर्षभित्र काठमाडौंमा रेल गुडाउन सम्भव रहेको देखाएको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान