सन् २०१९ मा चीनको विद्युतीय व्यापारमार्फत गरिबी निवारण कार्यलाई सबै विपन्न जिल्लामा पुर्याउने लक्ष्यलाई पूरा गरिएको छ। वाणिज्य मामिलाबाट गरिबी निवारण गरिने कार्यमा यसले सकारात्मक प्रतिफल प्राप्त भएको देखिन्छ।
हाल सम्पन्न भएको देशभरको वाणिज्य मामिला कार्य सम्मेलनमा चीनको वाणिज्य मन्त्रालयका सम्बद्ध जिम्मेवार व्यक्तिले जानकारी दिए अनुसार, सन् २०१९ मा चीनको विद्युतीय व्यपारबाट गरिबी निवारण गरिने परियोजनाले क्रमश: निकै विपन्न क्षेत्रहरूमा प्रवेश गर्दै आएको छ। त्यसबाट ९४ वटा विपन्न जिल्लालाई सहायता दिएको छ भने ८३२ वटा राष्ट्रिय स्तरीय विपन्न जिल्लामा पुर्याइएको छ।