तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चिनियाँ कम्पनीद्वारा १२८ दिनअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सम्पन्न

2019-12-30 16:02:32

चिनियाँ कम्पनीद्वारा १२८ दिनअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सम्पन्न

    चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ करपोरेसन (एभिक इन्टरनेसनल) ले मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थलको ३१ वर्ष पुरानो धावनमार्ग जीर्णोद्धारको काम समयसिमाभन्दा १ सय २८ दिनअघि नै सम्पन्न गरेको छ।

    एभिकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १६ महिना (२०७५ चैत ११ देखी २०७७ बैसाख २३) भित्र धावनमार्गको निर्माण सम्पन्न गर्न सुम्पेको थियो। तर, एभिकले नौं महिनामै ३ हजार ५० मिटर लामो धावनमार्ग झन्डै २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राख्ने काम तथा ट्याक्सी-वे र ड्रेनेजको मर्मत तथा एयरफिल्ड लाइटको काम सम्पन्न गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

    एभिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनिया राजदूत होउ यान्छीको उपस्थितीमा आयोजित कार्यक्रममा विमानस्थलको धावनमार्ग, ट्याक्सीवे, एयरफिल्ड लाइट र ड्रेनेजको काम सम्पन्न भएको प्रमाणपत्र प्राधिकरणलाई हस्तान्तरण गर्‍यो।

    एभिकले नेपाल सरकारले बुधबारदेखि थाल्ने नेपाल भम्रण वर्ष २०२० अभियानलाई सघाउन तोकिएको समयसिमा भन्दा ५ महिना अगावै काम सकेको जनाएको छ। 'यो परियोजनामा अत्याधिक धेरै कामदार र उपकरणको प्रयोग गर्‍यौं,' एभिकले भनेको छ, 'नेपाल सरकारले पनि परियोजना निर्माणमा गरेको समन्वयले हामी तोकिएको समयसिमाभन्दा १ सय २८ दिनअघि नै काम सम्पन्न गर्न सफल भयौं।'

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान