तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

2019-12-30 15:59:55

तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

    नेपालको लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ। बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मस्र्याङ्दी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली -३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। माथिल्लो त्रिशुली १ का लागि ६५ अर्ब, मस्र्याङ्दी बेसीका लागि ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली-३ बी जलविद्युत परियोजनाका लागि आठ अर्ब २२ करोड ७४ लाख रुपियाँ लगानी स्वीकृत गरेको लगानी बोर्डले जनाएको छ।

    नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ। माथिल्लो त्रिशुली २ बी आयोजना नेपाल विद्युत प्राधिकरणमार्फत् निर्माण हुँदैछ।
   

    त्यसैगरी, बैठकले प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई एकीकृत कृषि परियोजना हस्तान्तरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ। निर्णय बमोजिम कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश नं ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी-अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश नं १ को उर्लाबारी तथा प्रदेश नं २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान