नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

असारसम्ममा मेलम्चीको पानी सुन्दरीजल ल्याइने

2019-12-30 15:58:12

    ६ जेठ २०७६ मा मन्त्रिपरिषद् बैठकले फास्ट ट्याकमा मेलम्चीको कामअघि बढाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सोही निर्णयअनुसार आयोजनालाई १० भागमा विभाजन गरी काम भइरहेको छ। हेडवक्र्स र सुरुङ फिनिसिङलाई मुख्य दुई भागमा बाँडिएको छ। सहायक ८ प्याकेज गरी १० भागमा आयोजना निर्माणलाई बाँडिएको छ।

    सुरूङ फिनिसिङ र हेडवक्र्स निर्माणको काम सिनो हाइड्रोले गरिरहेको छ। यस्तै, हाइड्रो मेकानिकलको काम पनि सँगै भइरहेको छ। यसअन्तर्गत ३२ वटा 'गेट' जडान गर्नुपर्नेछ। जसमध्ये ५ गेट जडान भइसकेका छन्। अन्य जडानको काम भइरहेको खत्रीले बताए। भेन्ट सार्फ (सुरुङभित्र हावा पठाउन बनाइने प्वाल) को काम पनि भइरहेको छ। २६ किलोमिटर सुरूङमा तीनवटा भेन्ट सार्फ रहनेछन्। यसबाहेक डिआई पाइप जडान गर्ने, पाइप सपोर्ट स्ट्रक्चर निर्माण गर्नेलगायतका काम भइरहेको आयोजनाले जनाएको छ। 

    ठेक्का सम्झौताअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन कम्पनीसँग बोनस र जरिवानाको सर्त राखेको आयोजनाले जनाएको छ। सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरेको छ। सोही घोषणाअनुरूप मेलम्चीको पानी सुन्दरीजल खसाल्ने योजना रहेको मेलम्ची विकास समितिले जनाएको छ। 'सरकारको नीतिअनुसार नै असार मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं झार्ने योजनामा छौँ।

    सिनो हाइड्रोले पनि सोही नीतिअनुरूप काम गरिरहेको छ,' खत्रीले भन्नुभयो, 'असारमा सुन्दरीजलमा पानी खसाल्न फास्ट ट्रयाकमा काम भइरहेको छ।' यसका लागि हेडवक्र्समा कफरड्याम(अस्थायी) बनाइने खत्रीले जानकारी दिनुभयो। अहिले सिनो हाइड्रोले कफरड्याम र पर्मानेन्ट ड्याम दुवैको काम एकैसाथ गरिरहेको उहाँको भनाइ छ। 'पुस अन्तिम सातासम्म खोला ड्राइभर्सन ट्रनेलबाट ड्राइभर्ट भइसक्छ। त्यसपछि ड्याम निर्माण सुरू हुन्छ,' उहाँले भन्नुभयो।

    आयोजनाको सेन्सर जडानको ठेक्का स्पेनिस कम्पनी जिफोरले लिएको छ। कम्पनीले आठ करोड ७० लाखमा सेन्सर जडान ठेक्का सकारेको हो। तर, ठेक्का सम्झौता भने भइनसकेको र केही दिनभित्र सम्झौता हुने आयोजनाले जनाएको छ। सुरूङभित्र पानीको बहाव, अवस्था र सुरुङभित्रको गतिविधि निगरानीका लागि सेन्सर राखिने खत्रीले बताए। सेन्सरको नियमन काठमाडौंको सुन्दरीजल र सिन्धुपाल्चोकको अम्बाथानबाट हुनेछ। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान