नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

असारसम्ममा मेलम्चीको पानी सुन्दरीजल ल्याइने

2019-12-30 15:58:12

असारसम्ममा मेलम्चीको पानी सुन्दरीजल ल्याइने

    चिनियाँ कम्पनीले निर्माण गरिरहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ ९३ प्रतिशत सकिएको छ। २९ मंसिर २०७५ मा इटालियन कम्पनी सिएमसी आयोजना निर्माणबाट बाहिरिँदा सुरूङ फिनिसिङ ९० प्रतिशत सकिएको थियो। आयोजनाको सुरुङ निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको दुई महिनामै तीन प्रतिशत सकेको मेलम्ची विकास समितिले जनाएको नयाँपत्रिका अनलाइनले लेखेको छ। सिनो हाइड्रोले १२ असोज २०७६ मा ८५ करोड एक लाख ९४ हजार चार सय ५८ रुपैयाँमा सुरूङ फिनिसिङको ठेक्का लिएको थियो। कम्पनीले सुरूङ फिनिसिङको काम १२ महिनामा सक्ने गरी सम्झौता गरेको छ। 

    आयोजनाको हेडवक्स निर्माण भने हालसम्म ६८ प्रतिशत मात्रै सकिएको छ। सिएमसीले आयोजना छोड्दा आयोजनाको हेडवक्र्स निर्माणमा ६० प्रतिशत भएको थियो। दुई महिनाको अवधिमा सिनो हाइड्रोले आठ प्रतिशत काम पूरा गरेको आयोजना प्रमुख तिरेसप्रसाद खत्रीले बताउनुभयो। २६ असोजमा सिनो हाइड्रोले हेडवक्र्स निर्माणको ठेक्का एक अर्ब दुई करोडमा लिएको थियो। ठेक्का सम्झौताअनुसार हेडवक्र्स निर्माण कम्पनीले १५ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ।

    ठेक्का सम्झौताअनुसार समयावधिभित्रै काम सके कम्पनीले बोनस पाउने र पछाडि धकेलिए जरिवाना तिर्नुपर्नेछ। सोही कारण निर्माण कम्पनीले कामको गति बढाएको आयोजनाले जनाएको छ। 'बोनस र जरिवानाको सर्तका कारण पनि सिनो हाइड्रोले समयमै काम सक्ने आशा लिएका छौँ,' आयोजना प्रमुख खत्रीले भन्नुभयो। सिनो हाइड्रोले सम्झौता अवधिमा काम सके ठेक्का रकमको दैनिक ०.१५ प्रतिशत बोनस पाउनेछ भने सम्झौता अवधिमा काम नसके दैनिक ०.१५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्नेछ। बोनस र जरिवानाको सर्त दुवै ठेक्कामा लागू हुनेछ। कम्पनीले अहिले दैनिक तीन सयजनाभन्दा बढी कामदार खटाएर काम गरिरहेको खत्रीले जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान