तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

भोटेकोसीले थाल्यो व्यावसायिक उत्पादन

2019-12-26 14:39:52

२०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि चार वर्षसम्म बन्द रहेको भोटेकोसी जलविद्युत् आयोजनाले पुनः व्यावसायिक उत्पादन थालेको छ। पुनर्निर्माण सकेर १५ दिनको परीक्षण सफल भएपछि सो आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको छ। आयोजनाले गत मङ्सिर २१ गतेबाट परीक्षण उत्पादन थालेको गोरखापत्रअनलाइनले लेखेको छ।

भोटेकोसी पावर कम्पनीको स्वामित्वमा रहेको सो आयोजना २०७३ असार २१ गते भोटेकोसीमा आएको बाढीले ठूलो क्षति भएको थियो।

कम्पनीका महाप्रबन्धक विक्रमरत्न स्थापितले आयोजनाले दैनिक २२ देखि २५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको जानकारी दिनुभएको छ। सो आयोजनाको पूर्णक्षमता ४५ मेगावाट हो। हिउँदमा भोटेकोसीको पानीको बहाव घट्ने भएका कारण अहिले आधा मात्रै विद्युत् उत्पादन गरिरहेको महाप्रबन्धक स्थापितले बताउनुभएको छ।

आफ्नै ट्रान्समिसन लाइनमार्फत लामोसाँघुमा रहेको सुनकोसी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पनि स्थापितले जानकारी दिनुभएको छ। विद्युत् प्राधिकरणले सो हाइड्रोको उपकरण र मेसिन परीक्षण गरी विद्युत् उत्पादन गर्न अनुमति दिएको थियो।

चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोले क्षतिग्रस्त आयोजना पुनर्निर्माण गरेको थियो। आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरिएको बताइएको छ। उहाँले पुनर्निर्माणमा कुल सात अर्ब पुँजी लागेको जानकारी दिनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान