तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

गाई फर्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन

2019-12-26 14:37:59

दूध उत्पादनमा विश्वमै तेस्रो स्थानमा रहेको चीनले गाई फार्ममा उच्चतम् प्रविधिको प्रयोग गरेको छ। दूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ। विश्वमै प्रविधिका विकास गरेर चमत्कार गरेको चीनले कृषि क्षेत्रमा विस्तारलाई पनि त्यस्तै प्रगति गरेको छ। यसको उदाहरण चीनको खबे प्रान्तमा सञ्चालित जुन्लेवाओ डेरी उद्योग तथा गाई फार्म भएको कारोबार दैनिकले लेखेको छ।

जुन्लेवाओ गाईफार्ममा ५ हजार ५ सय दुधालु गाईपालन गरिएको छ। प्रत्येक गाईले दैनिक ३० लिटर दूध दिने गरेका छन्। डेरीले २१ वटा दूधका उत्पादन बजारमा ल्याएको छ। गाई फार्ममा दूध दुहुने, दाना खुवाउने, गाईलाई नुहाउनेदेखिका सबै काम एकपछि अर्को गर्दै प्रविधिमार्फत नै हुन्छन्। मानव स्रोतको परिचालन प्राविधिक कमिकमजोरीका लागि मात्रै उपयोग गरिएको छ।

चीनको खबे प्रान्तमात्रै नभएर अन्य प्रान्तमा पनि कृषिलाई आधुनिकीकरण गर्न प्रविधिको उच्चतम प्रयोग गरिएको चिनियाँ अधिकारीहरू बताउँछन्। यसबाट गाईपालनमा लाग्ने लागत कम र उत्पादनमा वृद्धि भएको छ।

नेपालमा पनि गाईपालनमा आधुनिक प्रविधि भित्र्याउन थालिएको छ। रूपन्देहीको लुम्बिीनी एग्रोफार्म र चितवनको लालीगुराँस एग्रो फार्मलगायतका केही ठूला फार्महरूले गाईपालनमा नयाँ प्रविधि भित्र्याएका छन्। गाइको गोठ, बाच्छाबाच्छी र आमाको व्यवस्थापन, सरसफाइ, दूध दुहुने तथा भण्डारणलगायत काम मेसिनबाट गर्न थालिएको छ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्डअनुसार हरेक स्वच्छ व्यक्तिले वर्षमा ९१ लिटर दूध सेवन गर्नुपर्छ। नेपालमा प्रतिव्यक्ति प्रति वर्ष दूध सेवनको दर ७२ लिटर छ भने दुग्ध पदार्थको उत्पादनका लागि बर्सेनि दूध पाउडर आयात गर्नुपर्ने अवस्था छ। नेपालमा करिब ७४ लाख गाईगोरु छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान