तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

एक महिनामै रेल आउँदै

2019-12-25 14:55:02

नेपालको राष्ट्रिय झण्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने भएको छ। पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिएका हुन्। नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा रहेको गोरखापत्रअनलाइनले लेखेको छ।

रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ। प्रवक्ता चित्रकारले रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापनका कार्यहरू प्रक्रियामा रहेको बताउँदै नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्तिको अभाव रहेको र उक्त रेल सञ्चालन गर्न आवश्यक 'मेनपावर आउट सोर्सिङ'गरी उपलब्ध गराउनेतर्फ काम भइरहेको बताए।

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कर्थादेखि बिजुलपुरादेखि रेल सञ्चालनमा ल्याउने छ। ३४ किलोमिटर दूरी रहेको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि आवश्यक लिक निर्माणको काम सम्पन्न भइसकेको छ। कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किलोमिटर छ। जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटरको दूरीमा रेलसेवा सञ्चालन गर्ने योजना सरकारको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनका लागि पहिलो चरणमा करिब दुई सय कर्मचारी आवश्यक रहे पनि कर्मचारी भर्नाका लागि तत्काल विज्ञापन गरिहाल्ने अवस्था नरहेको स्पष्ट पारे । मिश्रका अनुसार नेपाल आउन लागेको रेल 'डेमो ट्रेनसेट'हो। एउटा ट्रेन सेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन्। नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्छ। त्यसैगरी एउटा ट्रेन सेटमा पाँचवटा डब्बा हुन्छन् जसमध्ये एउटा डब्बा वातानुकूलित हुने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान