तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित

2019-12-24 16:01:58 CRI

    हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन्। हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गरिँदैछ।

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार हालसम्म २४ लाख ५० हजार जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। ४८० स्थानीय तहमा समेत कार्यक्रम पुगिसकेको छ। कुल सात लाख ११ हजार परिवार स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। त्यसमा छ लाख ११ हजार गरिब परिवार, अति विपन्न परिवारलाई पनि आबद्ध गरिएको छ। आगामी वर्षभित्र देशका ७७ वटै जिल्लामा विस्तार हुने क्रममा छ। अति विकटका जिल्लामा समेत कार्यक्रम विस्तार भइसकेको गोरखापत्र अनलाइनले लेखेको छ।

    स्वास्थ्य बीमा बोर्ड प्रमुख पोखरेलले पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय प्रिमियम तिरेर एक लाख रुपियाँसम्मको स्वास्थ्य सुविधा पाउने गरेको जानकारी दिनुभयो। पाँच जनाभन्दा बढी परिवार छ भने प्रतिपरिवार सात सय रुपियाँ बढ्दै जान्छ र सात सयको प्रतिव्यक्ति एक लाखबाट २० हजार बढ्दै जान्छ। यो सङ्ख्या दस जनासम्मलाई लागू हुन्छ  दस जना परिवार छ भने दुई लाख रुपियाँसम्मको उपचार सुविधा पाउने गर्दछ।

    हाल स्वास्थ्य बीमामा ७७ मध्ये २६ वटा जिल्लामा मात्र अतिविपन्न पहिचान भएकाले ती जिल्लामा त्यस्ता गरिबले वार्षिक शुल्कसमेत तिर्नुपर्दैन। कानुनमा सबै नेपालीलाई स्वास्थ्य बीमामा ल्याउनुपर्ने नियम छ तर हालसम्म सर्वसाधारण मात्र आबद्ध रहेका छन्। जस्तो शिक्षक, जनप्रतिनिधि, प्रहरी, सेना, स्वास्थ्यकर्मी, कर्मचारीलाई मात्र सहभागी गराउन सक्यो भने पनि धेरैलाई दायरामा ल्याउन सकिने सम्भावना छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान