तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चीनमा भएको ट्रेल दौडमा महिलातर्फ नेपाललाई प्रथम स्थान

2019-12-24 16:00:03 CRI

    चीनको खून मिङ शहरमा भएको ५० किलोमिटर अल्ट्रा ट्रेल दौड प्रतियोगिताको उपाधि नेपालकी रशिला तामाङले जितेकी छिन्। जीओजी माउन्टेन क्रसिङ टाइटलको उक्त दौड प्रतियोगितामा २१ राष्ट्रका सयौं धावक तथा धाविकाहरुलाई पछि पार्दै महिलातर्फ प्रथम बनेकी रशिला तामाङले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी हुन्। उनले निर्धारित दुरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्। रशिला समग्रमा छैटौं तथा महिलातर्फ प्रथम भएकी हुन्। रशिलासँगै ३ सय ३७ महिला तथा पुरुष धावक धाविका दौडमा उत्रिएका थिए।

    २० वर्षीया धाविका रशिलाले साता दिन अघि मात्रै ४२ किलोमिटर एभरेस्ट म्याराथनको उपाधि जितेकी थिइन्। उनले ट्रेल दौडमा पनि छुट्टै पहिचान बनाउन सफल भएकी हुन्। उक्त माउन्टेन क्रसिङको ट्रेल दौडको उपाधि भने चाइनाका चर्चित धावक यान लुङ फेइले जितेको र नेपालका दुर्गाराज बुढाले दोस्रो र दामोदर बुढा मगरले तेस्रो स्थान हासिल गरेको नेपालखबर अनलाइनले लेखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान