तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

ह्वावैका ७ नयाँ उत्पादन सार्वजनिक

2019-12-23 16:30:29

ह्वावै नेपालले गत साता एक कार्यक्रम गरी ह्वावैका ७ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ। ह्वावैले आफ्नै इन्टेलिजेन्ट इकोसिस्टम ह्वावै मोबाइल सर्भिसेस (एचएमएस)मा आधारित ह्वावै मेट ३० प्रो र वाई नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्री बड्स थ्री तथा फ्री ल्यान्सलगायत उत्पादन सार्वजनिक गरेको हो।

कार्यक्रममा ह्वावैको खुला इकोसिस्टम निर्माण गर्ने लक्ष्यबारे पनि जानकारी गराइएको थियो। ह्वावै नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले ह्वावै ले आइसिटी इन्फ्रास्ट्रक्चर तथा स्मार्ट डिभाइसमा आफ्नो ध्यान केन्द्रित गर्दै नयाँ उत्पादन बजारमा ल्याएको बताएका छन्।

यस वर्षको पहिलो त्रैमासिकमा ह्वावैले ८५.६ अर्ब आम्दानी गरेको छ जुन अघिल्ला वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको हो। विश्वभरिबाट ह्वावैले ६० भन्दा धेरै फाइभजी व्यवसायिक सम्झौता प्राप्त गर्न सफल भएको अन्नपूर्णपोस्टले लेखेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान