तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

एक अर्ब चिनियाँ सहयोगमा सिन्धुपाल्चोमा विद्यालय भवन निर्माण

2019-12-22 14:24:35
r_1634905_2019122214243033961800.jpg r_1634905_2019122214243048909100.jpg r_1634905_2019122214243063278600.jpg

    एक अर्ब रुपैयाँको चिनियाँ सहयोगमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. ५ चनौटेमा रहेको रत्नराज्य माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। स्थानीयको आग्रहअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले समय मिलाउन सकेमा अबको केही दिनमा यो सामुदायिक विद्यालयको उद्घाटन हुने अनलाइन खबरले लेखेको छ।

    काठमाडौंबाट अरनिको राजमार्ग हुँदै ७० किलोमिटर यात्रा गरेपछि सिन्धुपाल्चोकको बलेफीबजार पुगिन्छ। बलेफीको पुल तरेलगत्तै तातोपानी नाका हुँदै तिब्बत पुग्ने अरनीको राजमार्ग छोडेर बायाँ मोडिएपछि बलेफी-जलविरे-तेम्बाथान सडक सुरु हुन्छ। यही सडकको यात्राले रत्नराज्य माविसम्म पुर्‍याउँछ।

    बलेफीबाट सात किलोमिटरको यात्रामा लगातार तीन पटकसम्म यो क्षेत्रबाट जनताले निर्वाचित गरेर पठाएका सांसद एवं पूर्वमन्त्री, हाल सभामुखको दाबेदार अग्नि सापकोटाको घर आइपुग्छ। सापकोटाको चर्चा किन पनि गरिएको छ भने, राजनीतिमा लाग्नुअघि शिक्षण पेशामा रहेका सापकोटाकै पहलमा रत्नराज्य माविको अत्याधुनिक भवन बनाउन चीन सरकारले सहयोग गरेको हो। जिल्लाका सयौं विद्यालय भूकम्पले भत्किँदा उहाँले हिमाली भेगको योसहितका विद्यालय भवन बनाइदिन चीन सरकारलाई मनाउनु भएको थियो। सापकोटाको घरबाट तीन किलोमिटर अघि बढेपछि ऐतिहासिकता बोकेको जलबिरे बजार छ। ब्रम्हायणी नदीको किनारै किनार काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको बेस क्याम्पतर्फ लाग्दै गर्दा केही माथि जुगल गाउँपालिको अस्थायी केन्द्र ढाँडे बजार छ। ढाँडेमा पक्कि पुल बनेको छ, पुल नहुँदा वर्षातमा जुगल गाउँपालिकामा सवारी साधन जान सक्ने अवस्था थिएन। ढाँडे बजारबाट फराकिलो तर हिलाम्ये चार किलोमिटर बाटो पार गरेपछि रत्नराज्य मावि चनौटे पुगिन्छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान