तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

माथिल्लो कर्णालीको विद्युत् खरिद बंगलादेशद्वारा स्वीकृत

2019-12-21 14:22:28
r_1634766_2019122114222428338000.jpg

    बंगलादेशको मन्त्रिपरिषद् समितिले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५ सय मेगावाट विद्युत् भारतीय कम्पनीमार्फत किन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रस्तावअनुसार बंगलादेशले प्रतिमेगावाट ७ दशमलव ७१ डलरमा खरिद गर्नेछ। बंगलादेशले २५ वर्षसम्म विद्युत् खरिद गर्ने त्यहाँको सञ्चार संस्था ढाका ट्रिब्युनले प्रकाशन गरेको समाचार कान्तिपुर अनलाइनले प्रकाशन गरेको छ। भारतीय कम्पनी एटीपीसी विद्युत् व्यापार निगममार्फत नेपालमा उत्पादित विद्युत् बंगलादेशले किन्ने भएको हो। बंगलादेशका अर्थमन्त्री मुस्तफा कमलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले प्रस्ताव स्वीकृत गरेको हो। विद्युत् खरिदका लागि बंगलादेशले भारतीय कम्पनी जीएमआरलाई एनभीभीएनमार्फत साढे ४ अर्ब डलर भुक्तानी दिनेछ। लामो समयदेखि अन्योलमा रहेको माथिल्लो कर्णालीको विषयमा भएको पछिल्लो प्रगतिले आयोजना अगाडि बढ्ने आशा जगाएको छ।

    बंगलादेशको सरकारी निकाय पावर डेभलपमेन्ट बोर्ड र एनभीभीएनसले यसअघि नै विद्युत् खरिदबिक्रीका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्। केही सातामै दुई कम्पनीबीच विद्युत् खरिदबिक्री सम्झौतामा हस्ताक्षर हुने माथिल्लो कर्णालीको प्रवर्द्धक कम्पनी जीएमआर स्रोतले जानकारी दिएको छ। बंगलादेशको सरकारी निकाय र भारतीय कम्पनी एनभीभीएनबीच विद्युत् खरिदबिक्री सम्झौता भएलगत्तै माथिल्लो कर्णालीका लागि आवश्यक वित्तीय व्यस्थापन हुने अनुमान छ।

    आयोजनाको भारतीय प्रवर्द्धक कम्पनी जीएमआरले अझैसम्म वित्तीय व्यवस्थापन गर्न सकेको छैन। जीएमआर र लगानी बोर्डबीच ०७१ असोज ३ मा आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो। त्यसमा दुई वर्षभित्र जीएमआरले आयोजना निर्माणका लागि लगानी जुटाउने र लगानी जुटाएको पाँच वर्षमा आयोजना बनाइसक्ने उल्लेख छ। आयोजनाका लागि डेढ अर्ब डलर लागत अनुमान थियो।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान