तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सीद्वारा मकाउमा तैनाथ जनमुक्ति सेनाको निरीक्षण

2019-12-20 18:35:42

    मकाउ मातृभूमि चीनमा समाहित भएको २० औं वार्षिकोत्सव कार्यक्रममा भाग लिनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले २० तारिख दिउँसो मकाउमा तैनाथ चिनियाँ जन मुक्ति सेनाको निरीक्षण गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले मकाउमा तैनाथ सम्पूर्ण सेनालाई हार्दिक शुभकामना दिनुभएको छ। नयाँ शुरूआतमा रहेर फौजको चौतर्फी निर्माणलाई सबल पार्दै मकाउमा 'एक देश दुई व्यवस्था'को कार्यान्वयनको लागि नयाँ योगदान दिँदै जाने पुष्टि पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

    निरीक्षण गर्दा राष्ट्राध्यक्ष सीले फौजको परेड हेर्नुभएको छ र मकाउमा तैनाथ सेनाहरूको कार्य अवस्था विशेष गरी सन् २०१४ यता गरिरहेको रक्षा कार्यबारे जानकारी लिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान