तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

त्रिविका गोल्ड मेडलिस्टमा ६० प्रतिशत छात्रा

2019-12-20 15:45:14
r_1634560_2019122015450822226700.jpg r_1634560_2019122015450836017900.jpg

    नेपालमा उच्च शिक्षामा छात्राहरूको संख्या मात्रै बढेको छैन, नतिजामा उत्कृष्ट हुने छात्राको संख्या पनि बढ्दो छ। त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेका विभिन्न संकाय र अध्ययन संस्थानअन्तर्गतका विषयमा गोल्ड मेडल प्राप्त गर्नेमध्ये ६० प्रतिशत छात्रा छन्। त्रिविले ४५औँ दीक्षान्त समारोहमा वितरण गरेको ३१ दीक्षान्त पदक तथा पुरस्कारमध्ये १८ वटा छात्राले प्राप्त गरेका नयाँ पत्रिका अनलाइनले लेखेको छ।

    स्नातकदेखि एमफिलसम्म छात्राले नै बढी पदक जित्न सफल भएका छन्। एमफिल तहमा ०७५ सालको दीक्षान्त पदक सिर्जना पहारीले पाइन्। जनप्रशासन केन्द्रीय विभागमा अध्ययन गरेकी उनले 'त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक' प्राप्त गरेकी हुन्। यो पदक व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा अध्ययनरत सर्वोकृष्ट अंक प्राप्त गर्नेलाई दिने व्यवस्था छ। उनले ३.७५ सिजिपिए प्राप्त गरेकी छन्। 

    स्नातकोत्तर तहमा २०७२ सालको दीक्षान्त पदक पनि छात्राले नै पाएकी छिन्। स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सर्वोकृष्ट अंक प्राप्त गरी मीरा ज्ञवालीले इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक प्राप्त गरेकी छिन्। त्यस्तै, स्नातकोत्तर तहमा ०७३ सालको दीक्षान्त पदक एवं पुरस्कार पाउने छात्राहरूमा संगिना महर्जन, बिर्सना खड्का, गाथा रिजाल, अस्मिता खड्का, प्रनिता पौड्याल, विमला नेपाल र सोनिका लामिछाने छन्। संगिनाले दुई पदक र अन्यले एक÷एक पदक प्राप्त गरेका हुन्। स्नातक तहमा २०७४ सालको दीक्षान्त पदक तथा पुरस्कार १० जनाले प्राप्त गरेकोमा आठ छात्रा छन्। एलिशा खरेल, अञ्जना शर्माले दुई÷दुई पदक जितेका छन्। स्वाती आचार्य, अनिता मगर, कृपा श्रेष्ठ, अनिता भण्डारीले पनि पदक पाएका छन्। 


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान